२८ चैत्र २०७५, बिहीबार

काठमाडौं । पशुपति समशेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वको दुई वटा राप्रपा मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले वैधानिकता पाएको छ । बुधबार निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तलाई कानुनी रुपमा राजनीतिक दलको मान्यता दिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोगले आफ्नो पार्टीलाई राजनीतिक दलको मान्यता दिएको जनाएको छ । राप्रपा संयुक्तले निर्वाचन चिन्ह ‘हलो’ पाएको छ । राप्रपा संयुक्तका अध्यक्ष लोहनी र जबरा दुवै रहेका छन् ।

राप्रपा संयुक्तले हिन्दु राष्ट्र कायम गर्दै राजसंस्थालाई राष्ट्रप्रमुखको रुपमा स्थापित गराउने मुद्दालाई मुख्य नीतिको रुपमा प्राथमिकताका साथ अघि सारेको छ । हालका राष्ट्रप्रमुखको भुमिका निश्पक्ष हुन नसेककाले सेरेमोनियल राजसंस्थाको पक्षमा आफूहरु रहेको राप्रपाका अर्का अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोहनीले बताउनुभयाे।

अध्यक्ष जबराले नेपाललाई अधिनायकवाद तर्फको यात्राबाट रोक्नका लागि नीति र सिद्धान्त मिल्ने सबैलाई एकता र सहकार्यका लागि आह्वानसमेत गर्नुभयाे ।

LIVE TV