२७ चैत्र २०७५, बुधबार
  • एलिना घिसिङ

काठमाडौँ । रामेछाप र दोखलाको संगम स्थल शैलुङमा आगामी बैशाख १३,१४ र १५ प्रथम शैलुङ सांस्कृतिक तथा प्राकृतिक पर्यटन महोत्सव २०७६ हुने लागेको छ ।

 बुधबार राजधानीको पर्यटनबोर्डमा रामेछापको दोरम्बा, दोलखाको शैलुङ र मेलुङ गाँउपालिकाले पत्रकार सम्मेलन गरी प्रथम शैलुङ साँस्कृतिक तथा प्राकृतिक पर्यटन महोत्सव २०७६ हुने लागेको जानकारी गराएको हो ।

शैलुङ समुद्र सतहदेखि झण्डै ३ हजार ३ सय मिटरको उचाईमा रहेको छ । उच्च पहाडी थुम्कोमा पर्ने शैलुङ सय भन्दा बढी थुम्काहरुको संगमले बनेको छ । बौद्ध र हिन्दु धर्म दुबैको संगम क्षेत्र पनि हो शैलुङ । प्रथम (साङ्गे म्हार्मोचे) पाँचौ र सातौँ (गौतम बुद्धले तपस्या गरेको पबित्रा भूमीको रुपमा चिनिने शैलुङमा कलीयुगको सुरुवातमा ऋषीमुनीहरुले कलीयुगको सामाना गर्न नसक्ने भन्दै आत्मादह गरेको किन्बदन्तीमा उल्लेख गरिएको छ । विभिन्न जडीबुटी, चराचुरुगीं तथा चौरी गाईको बसोबास रहेको शैलुङ प्राकृतिक रुपमा धनी छ ।

बुद्धले बुदत्व प्राप्त गर्नका ध्यान र तपस्या गर्दा शैलुङका सालधुप बालेको र त्यही ठाँउमा पोखिएर अहिले शैलुङको सबैभन्दा माथिल्लो थुम्कामा अहिले पनि सालधुप पाईने र अन्यत्र नपाउने स्थानीय लामाहरुको कथन छ ।

कसरी पुग्न सकिन्छ शैलुङ ?

शैलुङ पुग्नका लागि राजधानीबाट सिधै यातायत सेवा उपलब्ध छ । शैलुङ पुग्नका लागि दोलखा र रामेछापको बाटो प्रयोग गर्न सकिन्छ । दोलखाको मुडे बजार हुँदै ढुंगे र चयचापबाट सवारी साधनमा जानसकिन्छ भने विपी राजमार्ग हुँदै रामेछापको सदरमुका मन्थलीबाट र सिन्धुलीको नेपालथोक हुँदै सित्खाबाजारबाट दोरम्बा हुँदै शैलुङको यात्रामा निस्कन सकिन्छ ।

जाँदा के के लिएर जाने?

शैलुङ उच्च पहाडी क्षेत्र हो । अहिले पनि जाडो छ । सकेसम्म अलि बाक्लो लुगा लगाउनुस् । न्यायो लुगा बोक्नुस् । सकिन्छ भने टेन्ट र सिल्पिङ ब्याक केही ड्राईफुट बोक्दा राम्रो । होटल तथा रेष्टुरा कमै मात्रामा पाइने भएकाले सकेसम्म आफैले जोहो गर्न सकिन्छ । या नजिकको बजारमा बाँस बस्न सकिन्छ ।

के केको अवलोकन गर्ने ?

शैलुङ सयवटा थुम्काहरुको संगम हो । सय वटा भन्दा बढी थुम्काहरुको अवलोकन गर्न सकिने छ । बाघ ढुंगा, डाँफे मुनाल ढुंगा, शैलुङ्गेश्वर महादेवको दर्शन गर्न सकिन्छ । गौरीशंकर, सगरमाथा, अन्नपूर्ण, गणेश हिमालसंगै विभिन्न हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ । यस्तै चौरी गोठ, विभिन्न जातीय संस्कार, तामाङ, शेर्पा, थामाी लगायत जनजातीहरुको विभिन्न कला र सस्कृतीको अवलोकन गर्न सकिनेछ ।

रामेछापको दोरम्बा गाँउपालिकाले आयोजना गरेको पहिलो शैलुङ सांस्कृतिक तथा प्राकृतिक पर्यटन महोत्वसमा दोलखाको शैलुङ र मेलुङ गाँउपालिका सहआयोजक हुनेछ । भने आगामी अर्को बर्षमा शैलुङ गाँउपालिकाले गर्नेछ भने तेस्रो बर्ष मेलुङ गाँउपालिकाले गर्नेछ । महोत्वसमा प्रधानमन्त्री केपी शर्मा ओलीले उत्घाटन गर्नेछ भने समापन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछ ।

LIVE TV