२७ चैत्र २०७५, बुधबार
  • प्रेम सुनार

बुटवल । नेपाल चेम्वरअफ कमर्स गुल्मीले आयोजना गरेको प्रथम सांस्कृतिक तथा पर्यटन महोत्सवको बुधवार आर्ठाै दिन सम्मको कारोवार आयोजकले अपेक्षा अनुरुप भई रहेको दावी गरेका छन् । ‘गुल्मीको समृद्धिको मुख्य आधार, संस्कृति संंरक्षण एवं पर्यटन विकासमा पुर्वधार ’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सवमा नाचगान तर्फको रमझम सामाजिक सञ्जाल देखि अन्य सञ्चार माध्यममा चर्चाको विषय बने पनि घरेलु उत्पादन रौनक ओझेलमा परेको छ ।

घरेलु तथा साना उद्योग विकास समितिको समन्व्यमा जिल्लामा उत्पादित सबै प्रकारका वस्तु आम कृषक र उद्यमीलाई प्रेरित गर्ने गरि स्टलमा प्रदर्शन गरिएको छ । महोत्सवमा विभिन्न कृषि तथा कृषिजन्य सामाग्रीको प्रैदर्शन गरेको भएता पनि उक्त सामाग्रीहरुको रौनक भने कमै रुपमा देखिएको छ ।

स्टल ब्यवस्थापन उपसमिति संयोजक प्रकाश बुढाथोकीका अनुसार कुल २ सय ४३ स्टल मध्ये कृषि प्रदर्शनीका लागि २४ स्टल छुट्टाईएको छ । ६० वटा अन्य स्थानिय उत्पादनका लागि र १० वटा होटलका लागि छुट्टाईएको छ । स्टल व्यवस्थापन उपसमिती संयोजक प्रकाश बुढाथोकीका अनुसार कषि उत्पादन प्रदर्शनी र विक्री तर्फ २२ वटा स्टल छुट्टाईएको छ । अन्य स्थानिय उत्पादन तर्फ ६० जटा र होटलका लागि १० वटा स्टल छुट्टाईएको छ ।

हाल सम्म दैनिक ६ हजार देखि १० जनाले टिकट किनेर महोत्सव अवलोकन गरेको र पास मार्फत दैनिक ३ हजार सम्मले अवलोकन गरेको टिकट व्यवस्थापन उपसमितिका संयोजक देब्रेन्द्र भलामीले बताए । महोत्सव मु्ल समरोह समितिका सह संयोजक पत्रकार नवराज भुसासले स्थानीय उत्पादनलाई बढि से बढि जोड दिईएको बताउँदै हाल सम्म करिव ५ करोडको कारोवार भएको जानकारी दिए ।

मेलामा करिव ७५ लाख सहित हाल सम्म करिव ५ करोडको कारोवार भएको आंकलन हामीले गरेका छौं , एकिन हिसाव निकाल्न भने बाँकी छ ’– भुसालले भने ।

LIVE TV