आफूसंग सुते जागिर लगाइदिने भन्दै युवतीहरुको शारीरिक शोषण गर्ने व्यक्ती पक्राउ



प्रकाशित मिति : Apr 09, 2019

काठमाडौँ । काभ्रेकी परिर्वतीत नाम सम्झनालाई केही समय अघि आफू हेल्वेटास नामक आईएनजिओको कर्मचारी भएको भन्दै प्रेक्षा शर्मा नाम गरेको फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट आयो ।

छिनभरमै साथी बनेका उनीहरुबीच कुराकानी सुरु भयो । पछि विस्तारै सम्झनालाई आईएनजिओमा कर्मचारी आवश्यक भएको भन्दै प्रेक्षाले जागिर दिने लोभ देखाइन । जव सम्झना जागिरको बारेमा उत्सुक देखिन् तव प्रेक्षा शर्माले त्यसका लागि आफ्नो बोससंग एक रात विताउनु पर्ने भन्दै अफर गरिन् ।

उनले शभ्भु खड्का भन्ने व्यक्ती आफ्नो बोस भएको भन्दै उनको नम्वर दिइ सम्पर्क गर्न लगाईन् । फेसबुकबाट साथी भएको युवतीको नामबाट यस्तो म्यासेज आएपछि उनी झस्किन् र यसरी नै धेरै युवतीको शोषण भएको हुन सक्ने भन्दै न्युज २४को कार्यक्रम सीधाकुरा जनतासंगको सम्पर्कमा आइन् । सीधाकुरा जनतासंगको कार्यालयमा हुँदा उनलाई शम्भु खड्ले फोन गरेर र कम लाइदिमा भेट्न बोलाए ।

त्यसपछि सीधाकुरा जनतासंगको टोली तुरुन्त महाराजगन्ज प्रहरीका ईनिस्पेकटर राजन लामाको टिमसंग सहकार्य गरेको थियो । र त्यसपछि सम्झनालाई प्रहरी र हाम्रो टिमले कमलादी पु¥यायो । शम्भु खड्का भन्ने व्यक्ती त्यती खेर कमलादीमा रहेको होटल कमलमा कोठा लिएर बसेका रहेछन् । उन्ले सम्झनालाई आफ्नो कोठामा बेलाए ।

होटलको कोठामा तयारी अवस्थमा बसेका खड्काले सम्झना कोठामा छिर्ने वित्तिकै जवरजस्ती गर्ने प्रयास गरे । एनजिओामा राम्रो जागिर लगाईदिने भन्दै कपडा खोल्न थालेपछि उन्ले सीधाकुराको टिमलाई सम्पर्क गरिन् र हामी होटलको कोठा भित्र पसेर यो घटनालाई बाहिरा ल्याएको हो ।

होटल सञ्चालका अनुसार शम्भु खड्का भन्ने यि व्यक्ती पहिले पनि होेटलमा आईरहन्थे । प्रत्येक पटक आउदा नयां नयां केटीहरु ल्याउने गरेको होटल सञ्चालक बताउछन् । प्रहरीले शम्भु खड्कालाई आफ्नो नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको छ । शम्भु खड्का त लुब्रिकेन्स व्यापारी रहेछन् ।

यति मा होईन प्रेक्षा शर्मा भनि बनाईएको फेसवुक एकाउनट त शम्भु खड्काको गिरोहले बनाएको नक्कली एकाउन्ट रहेछ र यो एकाउन्टमा प्रनिता क्षेत्री कार्कीको फोटोको दुरुपयोग गरीएको पाएको छ ।

प्रनिताले शम्भु खड्का विरुद्ध प्रहरीमा उजुरी दिईसकेकी छिन् । प्रहरीले यसरी धेरै चेलीहरुको शोषण गरेको हुनसक्ने भन्दै उनीमाथि अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com