बारामाथि आइपरेको विपत्तिलाई बारम्बार अत्याउदै बदलिदो मौसम, पीडितहरु थप पीडामा ( भिडियो )



प्रकाशित मिति : Apr 09, 2019

बारामाथि आइपरेको विपत्तिलाई बारम्बार अत्याउदै बदलिदो मौसम, पीडितहरु थप पीडामा

१. हावाहुरी पीडित

बारा । हावाहुरीको ताण्डव रुप अर्थात टोर्नाडोले सम्भवत नेपालमा पहिलो पटक उपस्थिति जनाउँदा वारा र पर्सामा जुन बबण्डर मच्चायो , त्यो नेपालको लागि नै नौलो प्राकृतिक विपत्ति बन्यो । मात्र ३ मिनेटको समयमा जुन तवाह मच्चियो त्यस्को घाउ एक साता वितिसक्दा पनि आलो नै छ । त्यसमाथि टोर्नाडो पछिको निरन्तरको बदलिदो मौसम र हावाहुरीको सानोतिनो झोक्काले अझै बारालाई झस्काउन छोडेको छैन ।

टोर्नाडो गएको एक साता दुई दिन पछि आएको हावाहुरी र असिना पानीले बाराका प्रभावित वस्तीहरुलाई झनै सकसमा पारेको छ ।

आश्रयका लागि बलियो आधारको प्रतीक्षामा रहेका प्रभावित वस्तीका वासिन्दाहरुको अस्थायी वासस्थल पुनः हल्लिएको छ भने पिउने पानी र खाद्यान्न अभावमा तडपिरहेकाहरुलाई बदलिदो मौसम चुनौती बनिरहेको छ । पीडितहरुलाई खानाको व्यवस्था बिचमा नै खोसिदा परेको असरप्रति स्थानीय प्रशासन जतिसक्दो चाँडो संवदेनशील बन्न आवश्यक देखिएको छ ।

सय ३० बर्षदेखि सर्लाहीका एक गाउँका वासिन्दा निरन्तर खानेपानीको मारमा


२. खानेपानीको हाहाकार

सर्लाही । अध्ययनको निचोडले भन्छ: सप्तकोशी नदीबाट प्रति मिनेट २७ करोड लिटर पिउन योग्य पानी बग्छ । तर त्यही सप्तकोशी नदी बगेर आउने पहाडी जिल्लाहरुमा पिउने पानीको अवस्था कहालीलाग्दो छ । जलश्रोतको धनी देश मुलुकका कपिपय नागरिकहरु अझै पनि पिउने पानीको अभावमा तड्पिरहेका छन् । यतिखेर सर्लाहीको एउटा गाउँको कथाले सबैको ध्यान तान्न पुगेको छ ।

एक दुई बर्ष या एक दुई दशक नभइ विगत १ सय ३० बर्षदेखि सर्लाहीको गुईडुङ र अड्डी गाउँका वासिन्दा पानीको अभावसंग संघर्ष गर्दै आएका छन् । गाउँमा भएको एउटै कुवामा पशु चौपायाले जुठो हालेको पानी पिउन विवश छन् गाउँवासी ।

पानीको पालो पाउनका लागि पनि पूरै एक रोज कुर्नु पर्ने यहाँका वासिन्दाले शुद्ध पानी पिउनु सपना जस्तै बनेको छ । नेपालको पानी विदेशमा बेच्ने घोषणा गर्दै त्यस्को तयारीमा रहेको सरकारको ध्यान सर्लाहीको यो गाउँतिर पुग्ला जो सय बर्षदेखि पानीका लागि संघर्ष गर्दै आएका छन् । यो रिपोर्ट


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com