सीधा कुरा जनता संगमा आज स्पेशल रिपोर्ट: जागिर लगाईदिन्छु भन्दै यौन शोषण गर्ने समुहको खुलासा गरिने



प्रकाशित मिति : Apr 09, 2019

काठमाडौँ । कार्यक्रम सीधा कुरा जनतासंगको मंगलबार स्पेशल रिपोर्ट प्रशारण हुदैँछ । कार्यक्रम सञ्चालक रवि लामिछानेले फेसबुक स्टाटस मार्फत आजको कार्यक्रम नछुटाउन सबैलाई आग्रह गर्नुभएको छ ।

आजको कार्यक्रममा आइएनजीओमा जागिर लगाईदिन्छु भन्दै यौन शोषण हुने गरेको देखाईदै छ । सीधाकुरा टिमले गरेको स्टिङ अपरेशन मार्फत यस्तो गिरोहको खुलाशा गर्ने भएको हो । कार्यक्रम प्रडुसर दीपक बोहराका अनुसार यस्का अलवा आज कै कार्यक्रममा एउटा सहकारीले गरीब परिवार माथि गरेको ज्यादतीको स्टिङ अपरेशन सहितको रिपोर्ट र आफु प्रहरी र आर्मीको मान्छे हुँ भन्दै होटल तथा रेष्टुरेन्टहरुमा खाएको पैसा समेत नतिर्ने व्यक्तिहरुका बारेको रिपोर्ट समेटिएको छ ।

समय रहे कालिकोटको रास्कोटमा बन्न लागेको अस्पतालको बारेमा पनि रिपोर्ट प्रसारण गरिने प्रडुसर बोहराले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com