२६ चैत्र २०७५, मंगलवार

बारा । टोर्नाडोले क्षतविक्षत पारेको बारामा आज मंगलबार बिहान फेरि हावाहुरीसँगै असिनापानी परेको छ । असिनापानीका कारण अन्नबाली, तरकारी लगायतमा क्षति पुर्याएको छ ।

बिहान आएको हावाहुरी र असिनापानीले एसईई परीक्षा समेत प्रभावित भएको छ । कैयौँ घरका छाना उडाएको छ भने सिमरा एफएमको टावरसमेत उडाएको छ ।

सबैभन्दा बढी क्षति सिमरा उपमहानगरपालिका भएको छ । हुरीले यहाँ रुख समेत ढालेको र घरका छतमा राखिएका सोलार प्यानल उडाएको छ । असिनापानीले गहुँ, मकै लगायत तरकारीबाली सखाप पारेको छ ।

गत हप्ताको आइतबार बारामा आएको टोर्नाडो नामक आँधीले फेटा गाउँपालिकालगायत स्थानमा ठूलो धनजनको क्षति पुर्याएको थियो । सो घटनामा करिब २७ जनाले ज्यान गुमाएका थिए ।

LIVE TV