उद्योग त खुले नेपालमा तर कच्चा पदार्थ भारतबाट ल्याउनु पर्दा रकम बाहिरिने क्रम रोकिएन ( भिडियो )



प्रकाशित मिति : Apr 08, 2019

उद्योग त खुले नेपालमा तर कच्चा पदार्थ भारतबाट ल्याउनु पर्दा रकम बाहिरिने क्रम रोकिएन
१.उद्योग भारतकै भरमा

परनिर्भरता हटाएर आत्मनिर्भरतातर्फ मुलुकलाई उन्मुख गराउने वर्तमान सरकारको प्राथमिकताको पक्ष हो । कतिपय वस्तुमा मुलुक आत्मनिर्भरतातर्फ उन्मुख पनि बनिरहेको अवस्था छ पनि । तर मुलुकलाई आत्मनिर्भर बनाउन गर्न अझ धेरै बाँकी छ ।

सुदूरपश्चिममा सञ्चालनमा आइरहेको उद्योगहरुले भोग्दै आएको नियतिले पनि यही छर्लङ्ग पारेको छ । अबौंको लगानीमा उद्योगहरु खोलिएका छन् सुदूरपश्चिममा तर तिनीहरुलाई चाहिने आवश्यक कच्चा पदार्थका लागि भने भारतकै भर पर्नु पर्दा रकमको ठूलो हिस्सामा अहिले पनि भारतीय बजारकै प्रभुत्व देखिएको छ ।

स्वदेशमा उत्पादित कच्चा पदार्थले उद्योगहरुको २५ प्रतिशत हिस्सा मात्र पुर्ताल गर्ने हुँदा स्वदेशी उत्पादन बढाउन जोड दिनु पर्ने र त्यस्का लागि आवश्यक वातावरण तयार पार्न उद्योगी व्यवसायीले सरकारसंग माग गरेका छन् ।

धर्मलाई अफिम ठान्नेहरुले पूजा अर्चना रोकिदिएपछि बझाङको रामजानकी मन्दिर बन्यो जिर्ण

२.ओझेलमा रामजानकी मन्दिर

धर्म आस्था हो र विश्वास पनि । तर धर्मलाई अफिम मान्ने मानसिकता बोकेका शक्तिहरुले सशस्त्र युद्दको दौरानमा धेरै नेपालीको यही आस्थामाथि पनि प्रहार गरे । जस्को मारमा परे बझाङवासी । परापूर्व कालदेखि असिम श्रद्धाका साथ पूजा गर्दै आएको रामजानकी मन्दिरमा सशस्त्र युद्दको दौरानमा तत्कालीन माओवादीका कार्यकर्ताले पूजाआजामा रोक लगाएपछि बझाङवासीको चैन लामो समयसम्म हरायो ।

धर्मलाई सतमार्ग र सबैको रक्षाको माध्यम मान्ने बझाङवासीको आस्थामाथि गरिएको त्यो हस्तक्षेपले उनीहरु मर्माहत त बने नै तर त्यसबेला उनीहरुले स्वयं भगवान पुकार्नु बाहेक गर्न सक्ने अवस्था केही थिएन । तर द्धन्द्धको अन्त्य पछि छाएको शान्ति पछि बझाङवासी पुनः रामजानकी मन्दिर धाउन थालेका छन् । जहाँ उनीहरुको अपार विश्वास जुगौदेखि बाँधिदै आएको थियो । तर बर्षौ पूजा गर्न र हेरचाह गर्न नपाउँदा मन्दिरको अवस्था भने जिर्ण बनेको छ ।

भारतले सीमा क्षेत्रमा नै आँखा अस्पताल खोलेपछि नेपाल आउने भारतीयहरु घट्न थाले

३.घट्दै भारतीय आँखाका विरामीहरु

नेपालमा आँखाको उपचारको क्षेत्रमा भएको क्रान्तिको सबै भन्दा ठूलो लाभग्राही भारतीय नागरिकहरु पनि हुन । नेपालका सीमावर्ती जिल्लाहरुमा स्थापित हरेक आँखा अस्पतालहरुमा लामो समयदेखि नेपाली भन्दा बढी भारतीय नागरिकहरुको नै लर्को लाग्दै आएको छ ।

यसै क्रममा कैलालीको गेटा आँखा अस्पतालमा पनि लाखौं भारतीयहरुले सुविधा लिएका छन् । तर भारत सरकारले नेपाल तिर उर्लिएको लहर रोक्न सीमावर्ती शहरहरुमा आँखा अस्पतालहरु खोल्न थालेपछि गेटा आँखा अस्पतालमा आउने भारतीयको लर्को भने घटेको छ । यो रिपोर्ट


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com