२५ चैत्र २०७५, सोमबार

काठमाडाैं । सामाजिक संजालमा भाइरल भएको मिस नेपाल अडिसन सम्वन्धी भिडियोको बिषयमा मिस नेपाल आयोजना गर्दै आएको संस्था हिडन ट्रेजरले प्रेस बिज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको छ ।

यस अघि प्रतियोगिताको निर्णयकमा रहेकी कोरियोग्राफर रचना गुरुङले सहभागीलाई दम्भ देखाउँदै होच्याएर प्रश्न गरेपछि सामाजिक संजालमा उनको तिब्र बिरोध गरिएको थियो । सामाजिक संजाल प्रयोगकर्ताहरुले मिस नेपाल आयोजक र समग्र प्रतियोगिता नै औचित्य हिन भएको भन्दै प्रश्न चिन्ह उठाइरहेका छन् ।

कोरियोग्राफर रचना गुरुङले मेकअप नगरी मिस नेपालको अडिसन दिन आएकी एक युवतीलाई बिना मेकअप किन आएको,मेकअप नगरेर प्रतियोगिताको नै बेइज्जत गरेको र यसले जजलाई अनादर गरेको भन्दै युवतीमाथी खनिएकी थिइन् साथै उनले चस्मा लगाएकी ती युवतीलाई चस्माको पावर कति छ भनेर समेत खरो रुपमा प्रतिप्रश्न तेर्स्याएकी थिइन् ।

यस बिषयलाई लिएर सामाजिक संजालमा निर्यायक रचना गुरुङको बिरोध भैरहेको छ यसका साथै सामाजिक संजाल प्रयोगकर्ताले मिस नेपालको उद्धेश्यमाथि नै प्रश्न चिन्न उठाइरहेका छन् ।

यस बिषयमा हिडन ट्रेजरले स्पस्टिकरण दिएको छ । कुनै पनि प्रतियोगितामा सजिलो अप्ठ्यारो प्रश्न सोधिन्छ त्यसलाई सहि ढंगले उत्तर दिन सक्ने व्यक्ति नै सफल हुन्छ भने आसयको बिज्ञप्ति सस्थाले सार्वजनिक गरेको छ ।

यसका साथै २५ बर्ष देखि आयोजना हुदै आएको यस प्रतियोगीताले कसैलाइ पनि होच्याउने, मानहानि हुने काम नगरेको र नगर्ने समेत स्पस्ट पारेको छ । भिडियोको एक भाग हेरेर सामाजिक सन्जालमा आएको अभिव्यक्तिलाई सामाजिक संजालको सकारात्मक नकारात्मक दुवै बिषय हुने भन्दै साँचो कुरा नबुझी प्रतिक्रिया नदिन आग्रह समेत गरेको छ ।

LIVE TV