२५ चैत्र २०७५, सोमबार

काठमाडाैं । एकीकरण प्रक्रिया ११ महिनासम्म अल्झिएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको नेतृत्व टुंग्याउन सचिवालयका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन् । खवर आजको नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

नेताहरूलाई अलगअलग भेटेर जिल्ला नेतृत्वको सूचीमा सहमत गराउने र त्यो सूची सचिवालयबाट पारित गर्ने तयारी अध्यक्षद्वयले गरेका छन् । त्यसका लागि उनीहरूले आइतबार सचिवालय सदस्य वामदेव गौतमसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल गरे ।

वरिष्ठ नेता नेपाल पक्षले मापदण्डका आधारमा जिल्ला नेतृत्व टुंग्याउनुपर्ने भन्दै अलग सूची बनाएपछि ओली र प्रचण्डले शीर्ष तहका नेताहरूसँग बेग्लाबेग्लै छलफल थालेका हुन् । वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र ईश्वर पोखरेललाई पनि उनीहरू मनाउने प्रयासमा छन् ।

LIVE TV