नारी समाज पोर्तुगलको नयाँ कार्यसमितिको टुङ्गो लाग्यो, कला राईको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध चयन



प्रकाशित मिति : Apr 07, 2019

पोर्तुगल । लामो समयदेखि बिबाद र आलोचना खेप्दै आएको नेपाली नारी समाज पोर्तुगलले दोश्रो अधिवेशनको घोषणा सभा सम्पन्न गरेको छ । अधिवेशनबाट कला राईको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा मिनामाया खरेल, बिमला आचार्य, हरिमाया घले र तनुजा प्रसाई ९अल्गार्भ० रहेका छन्। महासचिवमा सीता श्रेष्ठ, सचिवमा पुनम गौतम र गीता रेउले, कोषाध्यक्षमा जोत्सना अधिकारी र सह – कोषाध्यक्षमा देवी घले चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सम्झना अधिकारी, जानकी लामा, प्रितु योञ्जन, फुटी शेर्पा, सजना पौडेल, डिल्लीकुमारी परियार, अनिता पौडेल, गङ्गा सापकोटा, लक्ष्मी परियार, बिन्दु लामा र आस्मा काफ्ले रहेका छन् ।

कार्यक्रममा कसले के भने ?

घोषणा सभामा पर्यटन बोर्डका एचपीआरआर रमेशकुमार गुरुङ, गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यद्वय नरेन्द्रबहादुर हमाल र पेम्बा शेर्पा, एनआरएनए अध्यक्ष कुबेर कार्की, नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलका कावा अध्यक्ष राजेन्द्र शेर्पा, नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्यालले शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरी जनसम्पर्क समिति पोर्तुगलका उपाध्यक्ष रमेश कँडेल, संघीय समाजका अध्यक्ष सोम शेर्पा, अन्तर्राष्ट्रिय नेपाली मञ्चका अध्यक्ष धन शेर्पा, जनप्रगतिशील मोर्चाका महासचिव प्रदीप अधिकारी, तामाङ समाज पोर्तुगलकी अध्यक्ष सुनिता ब्लोन तामाङलगायतले नेपाली समाजमा मतभेद हुन नहुने कुरामा जोड दिएका थिए । महिलाहरुबीच एकता हुनुपर्छ भन्ने कुरामा सबै वक्ताले जोड दिएका थिए ।

सो कार्यक्रममा समाजसँग असन्तुष्ट रहेका महिला समुहका सदस्यहरु सहित नेपाल कम्युनिष्ट पार्टी निकट नेतृत्व सहित् कोही पनि उपस्थित भएनन्।

पोर्तुगलको समुदायमा उल्लेखनीय योगदान दिनेहरु सम्मानित

नेपाली समाजलाई सुचना र संचारका माध्यले सुसुचित गरेकोमा नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगललाई विशेष सम्मान पत्रसहित सम्मान गरिएको थियो । त्यस्तै पोर्तुगलमा रहेका अल्ट्रा धावक आइते तामाङ, कराते खेलाडी हिक्मत घर्ती मगर, पोर्तुगलमा पहिलो नेपाली रजिस्टर्ड नर्स इन्दिरा व्यञ्जनकार र फेशन डिजाइनर आष्मा कार्कीलाई पनि विशेष सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

समाजकी अध्यक्ष सीता बरालको अध्यक्षतामा महासचिव मिनामाया खरेलले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष कला राईले शुभकामना व्यक्त गरेकी थिइन् । कार्यक्रम एभरेष्ट नेपाल रेष्टुरेन्ट आन्जुसमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com