२३ चैत्र २०७५, शनिबार
  • सन्तोष काफ्ले,

सुनसरी २३ चैत । नेपालकै महत्वपूर्ण मानिएको धार्मिक मेला दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला प्राचीन हरिद्वार सुनसरीको बराहक्षेत्र नगरपालिका चतरामा शुरु भएको छ ।
दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भको शनिबार एक कार्यक्रमकाबीच प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभयो ।

उद्घाटनसंगै ०७६ वैशाख २४ गते अर्थात एक महिना सुनसरीको प्राचीन हरिद्वार चतरामा अर्धकुम्भ मेला विधिवत रुपमा शुरु भएको छ । वेद तथा स्कन्द पुराणमा समेत उल्लेख भएको चतराको महिमालाई जीवन्तता दिन र देश विदेशसम्म यसको महिमा फैल्याउने उद्देश्यले आयोजना गरेको यो कुम्भ मेला सफल बनाउन प्रदेश सरकार गम्भीर रहेको मुख्यमन्त्री शेरधन राईको भनाइ छ ।

उहाँले सुनसरीको चतरालाई केन्द्र विन्दु बनाएर पूर्वमा रहेका धार्मिक क्षेत्रहरुलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न प्रदेश सरकारले योजना अगाड बढाएको जानकारी दिनुभयो । उहाँले सुनसरीको चतरा , विष्ण्ुापादुका , पिण्डेश्वर , विजयपुर र रामधुनिमा धार्मिक सर्किट बनाएर विश्वमै नमुना धार्मिक पर्यटकीय क्षेत्र बनाउन प्रदेश सरकार सगै संघीय सरकार समेत लागि गरेको जानकारी दिनुभयो ।

अर्धमहाकुम्भ मेला आयोजक समिति मात्र नभइ चतराका सन्त महासन्तले समेत यस मेलालाई सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । चतरा सुनसरीको मात्र नभई प्रदेश तथा मुलुककै महत्वपूर्ण तथा ऐतिहासिक धार्मिक क्षेत्र भएको कार्यक्रम सहभागि वक्ताहरुको भनाई थियो । .

उद्घाटन कार्यक्रममा प्रदेश नं. १ का सभामुख प्रदीपकुमार कार्की, संघीय ममिला तथा कानुनमन्त्री हिकमत कार्की, पर्यटन मन्त्री जगदिश कुसैत लगायतले चतरा प्रदेश नं. १ कै गहना भएको बताएका थिए ।

सो अवसरमा धार्मिक क्षेत्रमा योगदान पु¥याउनुहुने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो भने धार्मिक पुस्तकहरु विमोचन गरिएको थियो । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा आलीद्वारा गरिने भनिएको भए पनि मौसम खराबीका कारण उपस्थित हुन सकेनन् नेपालकै महत्वपूर्ण मानिएको यो मेलाका लागि देश तथा विदेशबाट आउने भक्तजनको सुरक्षा, आवास, शौचालय, विद्युत लगायतका सम्पूर्ण सेवा भने उपलब्ध गराएको छ ।

LIVE TV