वडाप्रति सामीप्य र आत्मीयता बढाउदै अघि बढ्दै पोखराको वडा नम्बर ३ (भिडियो)



प्रकाशित मिति : Apr 06, 2019

‘चेरापुञ्जी’ भनिने पोखराको सडकहरुलाई अब पानीले नबगाउने भो

पोखरा । पोखराको सुन्दरतामा कसी थप्ने काममा कस्सिएको छ पोखरा महानगरपालिका । प्राकृतिकरुपमा सम्पन्न पोखरामा थपिएको मानवीय बोझ र त्यो बोझले ल्याएको विकृति पन्छाउन महानगर व्यस्त छ अहिले । त्यसैका लागि पोखराको चौतर्फीको विकासमा महानगरले सडकको विकास विस्तार र व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेको छ ।

नेपालको चेरापुञ्जी अर्थात सबैभन्दा बढी पानी पर्ने स्थानकोरुपमा परिचित पोखराका सडकमा लगाइएको पीचहरु यही कारणले पनि लामो समय टिक्दैनन । त्यसैले पनि अबको सडकलाई टिकाउ र बलियो बनाउन महानगरले जनताको सहभागितामा सडक निर्माण कार्यलाई तीब्रता दिएको छ । नगर योजना , वडा योजना र सडक बोर्ड योजना अन्र्तगत तीन तहमा बिभाजन गरेर पोखराको सडक निर्माण कार्य अघि बढाइएको छ ।

जस्मा जनसहभागिताको प्रत्यक्ष लगानीतर्फ पनि उत्साह स्वागतयोग्य देखिएको छ । यही चैत भित्र योजनाहरु सम्पन्न गर्ने र आगामी असार भित्र सडक निर्माण कार्य सम्पन्न गर्ने महानगरको योजना सफल भए पोखरा सडकहरुले चाँडै नयाँ र चिल्ला रुप पाउने निश्चित छ ।

वडाप्रति सामीप्य र आत्मीयता बढाउदै अघि बढ्दै पोखराको वडा नम्बर ३


कास्की । स्मार्ट सिटीको अवधारणमा अघि बढेको पोखराका हरेक वडाहरुले अहिले आफुलाई विकास निर्माणमा तीब्ररुपमा समर्पित गर्दै अघि बढेका छन् । यही मेसोमा पोखरा महानगरपालिकाको वडा नं ३ ले पनि ५ बर्षे योजना बनाएर अगाडि बढेका छन् । वडाका मुख्य योजनाहरुमा वडा कार्यालय भवन मर्मत तथा सम्भार, सडक निमार्ण तथा मर्मत, खानेपानी, बिद्यालयको भवन मर्मत तथा रंग रोगन, नेवा संस्कृतिको जर्गेना प्राथमिकतामा छन् । वडावासी सबैलाई पहिला अपनत्व कायम गराउन सक्रिय वडाले वडाको विद्यमान ढाँचा परिवर्तनको लागि कुनै कसर बाँकी नराख्ने कसम नै खाएको झै अवस्था देखिएको छ ।

पोखराको काहुँडाँडा अब पर्यटकको लागि अर्को गन्तव्य बन्ने तयारीमा

कास्की । पोखरा कुन ठाउँ त्यस्तो नहोला जहाँ पर्यटनको ध्यान नपुगेको अर्थात ध्यान नतानिएको होस् । तर अझै पनि पोखरा थप पर्यटकीय स्थलहरुको सम्भाव्यता अध्ययन र नयाँ भेटिएका पर्यटकीय स्थलहरुको विकासमा सक्रिय देखिएको छ । पोखराको यही नयाँ परिचय हो – पोखरा महानगरपालिका वडा नम्बर ११ मा रहेको काहुँडाँडा ।

पोखराको मुख्य बजारबाट ४ किलोमिटरको दूरीमा रहेको काहुँडाँडा बत्ति मुनिको अध्याँरो झै अवस्था रहेको थियो । तर काहुँडाँडाको विकासको बाधकको रुपमा रहेको सडकको असुविधा हटाइन थालेपछि अब काहँुडाँडाको मुहारमा मुस्कान छाउन थालेको छ भने प्रकृतिसंग मन साट्न मन पराउनेहरुले नयाँ गन्तव्य पाउने सम्भावना देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com