युएईमा कारले ट्याक्सीलाई ठक्कर दिँदा २ नेपालीको मृत्यु, २ घाइते



प्रकाशित मिति : Apr 06, 2019

एजेन्सी। युएईको आबुधाबीमा ट्याक्सी दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ । उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार थिए । २ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमानवलपरासी कावासोतीका निरोज परियार र स्थायी ठेगाना नखुलेका शान्ति विश्वकर्माको रहेका छन् । घाइते २ को पनि परिचय खुलेको छैन् ।

ट्याक्सीलाई कारले ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ । मृतकको शव अबुधाबीको खालिफा अस्पतालमा राखिए र गम्भीर घाइते २ को सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप जानकारी आउँन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com