२२ चैत्र २०७५, शुक्रबार
  • घनश्याम मिश्र

चैत्र २२ जनकपुर । टाउकोमा ढाका टोपी, साईकलमा चंद्र सूर्य अंकित नेपाली झंडा र रातो वस्त्र धारण गरेर जनकपुरका एक युवा साईकल यात्रामा निस्केका छन ।

राष्ट्रिय एकता र सामाजिक सद्भावको संदेश लिएर जनकपुर ४ निवाशी रंजीत साह आज धनुषाको जनकपुरधामबाट ताप्लेजुंगको पाथीभरा भगवतीको दर्शनका निमित्त ५८४ किलोमीटरको साईकल यात्रामा निस्केका छन ।

आजै रंजीतलाइ प्रदेश २ का प्रदेश प्रमुख रत्नेस्वर लाल कायस्थले जानकी मंदिरमा मिथिलाको पाग , मधेशको गमछा र माला लगाई विदाई गरेका छन् ।

रंजीतको यो साईकल यात्रा सामान्य यात्रा नभई देश र सामाजको एकताको संदेश दिने यात्राको रुपमा रहेको कायस्थले बताउनुभयो ।

जानकी मन्दिरको प्रांगणमा साइकल यात्री रंजीत लाइ बिदा गर्दै सचारकर्मी संग संक्षिप्त कुरामा प्रदेश प्रमुख कायस्थले भने- ‘नेपाली समाजको उथानको लागि र समस्त नेपालीलाई एकताको सूत्रमा वाध्नलाइ समेत यस्ता खाले यात्रा सहायक सिद्ध हुने र राष्ट्रीयता समेतलाइ बल दिने छ ।’

तराई, पहाड, हिमाल हाम्रो मातृभुमी नेपाल मूल नाराका साथ यस पटकको साईकल यात्रामा ताप्लेजुंगको पाथीभारा भगवती दर्शन गर्न जान लागेका रंजीत साहले तीन करोड़ नेपालीको मुटुमा
राष्ट्रिय एकताको संदेश र देश प्रतिको माया प्रगाढ बनाउन २२ दिनको यो साईकल यात्रामा जान लागेको बताएका छन् ।

LIVE TV