श्रम कार्यालयको ‘ट्वाइलेट’ घुस खाने ठाउँ, ८ घण्टा विमानमा थुनिएका यात्रुका लागि बोले विजय लामा (भिडियो)



प्रकाशित मिति : Apr 04, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३६१ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।
कार्यक्रमको आजको एपिसोडमा निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

१. श्रम अनुमति दिलाइदिने भन्दै प्रहरी जवानले १७ हजार घुस लिएपछि…

काठमाडौं । वैदेशिक रोजगारीका अनिवार्य श्रम अनुमति दिन प्रदेश स्तर कार्यालय खुलेपछि सर्वसाधारणलाई सहज हुने मात्रै होइन, श्रमको बाहानामा हुने घुस लेनदेन पनि कमी आउने धेरैको आशा थियो । तर नानीदेखि लागेको बानी जस्तै भएको छ, श्रम अनुमति कार्यालय ताहाचलमा । अहिले पनि श्रम कार्यालयमा सुरक्षार्थ खटिएका प्रहरी र कर्मचारीले सरासर एक छिनमा हुने कामलाई नहुने भन्दै सेवाग्राहीसँग पैसा असूल्ने गरेका छन् । दोलखाका तेन्जोजे शेर्पा साउदी अरेबिया गएर फर्किएपछि पुन श्रम अनुमति नविकरणका लागि ताहाचल स्थित श्रम अनुमति दिने कार्यालयमा पुगे ।

२. चार मिनेट समय नपाउँदा १ सय ७० यात्रु वाइडबडी विमानभित्रै बस्न बाध्य !

काठमाडौं । २ सय ७४ यात्रु बोकेर मंगलबार राति दुबई उड्नुपर्ने नेपाल वायुसेवा निगमको विमान व्यवस्थापकीय लापरबाहीका कारण ११ घण्टापछि बुधबार बिहानमात्रै उड्यो । जहाज बेलैमा नउडाउदा १ सय ५० बढी यात्रु ८ घण्टासम्म पार्किङवेमा राखिएको विमानभित्रै बस्न बाध्य भए । वाइडबडी विमानको उडान समय सवा ९ बजे थियो तर, १० बजेसम्म पनि उड्न नसकेपछि एयर ट्राफिक कन्ट्रोलर उड्न नमिल्ने भन्दै अनुमति दिएनन् ।

३. नगरपालिकाको मातहत आएपछि तनहुँ को सामूदायिक अस्पताल ६ महिनादेखि बन्द

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका ११ मा रहेको फूलबारी सामूदायिक अस्पताल जनशक्ति अभावमा ६ महिनादेखि बन्द भएको छ । २०६८ सालमा स्थानीयले महायज्ञ आयोजना गरी चन्दा संकलनबाट सञ्चालनमा आएको अस्पताल, नेपाल सरकारीले ढोरफिर्दी स्वास्थ्य चौकीसँगै गाभेर १५ शैयाको अस्पताल निर्माण गर्ने भनेपछि अस्पताल व्यवस्थापन समितिले शुक्लागण्डकी नगरपालिकालाई जिम्मा लगाएको थियो ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com