अब श्रम स्वदेशमै, मुलुककै माटोमा पसिना बगाउन लागि परे झापाका युवाहरु (भिडियो)



प्रकाशित मिति : Apr 04, 2019

बराह क्षेत्रमा हुने एक महिने अर्धकुम्भ मेलाले विश्वभरका हिन्दू धर्मावलम्बीहरुको ध्यान तान्दै

सुनसरी । नेपाललाई देव भूमि तथा तपोभूमि त्यसै भनिएको होइन । हिन्दू धर्म र दर्शन एवं अध्यात्मसंग जोडिएका त्यस्ता धेरै स्थानहरु अझै पनि नेपालमा विद्यमान छन् जस्को सम्बन्ध हजारौ बर्ष पूरानो सभ्यतासंग जोडिएको छ ।

हिन्दू धर्मका लागि पवित्र मानिएकैले र हिन्दू धर्ममा मानिने एवं पूजिने देवी देवताहरुको वास भएकैले नेपाललाई ऋषिमुनिहरुले पवित्र भूमिकोरुपमा सयौ बर्ष अघिदेखि यस भूमिको सम्मान गर्दै आएका छन् । नेपालमा बिभिन्न पर्व र धार्मिक तिथि मितिको अवसरमा मनाइने विशेष धार्मिक अनुष्ठानहरुले पनि उत्तिकै महत्व पाउँदै आएका छन् । यही मेसोमा प्राचीन हरिद्धवारको नामले सम्बोधन गरिने सुनसरीको वराह क्षेत्रमा मनाइन लागेको एक महिने अर्धकुम्भ मेलाले विश्वभरका हिन्दू धर्मावलम्बीहरुको ध्यान तानेको छ ।

अब श्रम स्वदेशमै , मुलुककै माटोमा पसिना बगाउन लागि परे झापाका युवाहरु


झापा । ‘कि गन बोक्न कि घन बोक्न नेपालीले विदेशीनै पर्छ’ यो नियतिले लामो समयदेखि नेपालीलाई घिसार्दै लगेको छ विदेशी भूमिमा । धेरै देश बनाए नेपालीले , धेरै देशको रक्षार्थ लडे नेपालीहरु गोर्खाली साहस देखाएर । तर देशको हालत जहाँको त्यहीं । तर होइन अब धेरैको विचार फेरिदैछ , धेरैको मानसिकतामा परिवर्तन आउँदैछ , धेरैलाई आफ्नै माटोको माया लाग्न थालेको छ ।

विदेशको तातो वालुवामा सुन खोज्नु भन्दा आफ्नै मुलुकको मलिलो माटोमा केही गरौं भन्ने जाँगर चल्न थालेको छ । मेहनत गरे यही धर्ती स्वर्ग हो भन्ने बुझेका युवाहरु आफ्नै मुुलुकमा मेहनत गर्न र जाँगर चलाउन लाज मान्न छाडेका छन् । जस्ले गर्दा उनीहरुको रित्तो गोजीमा लक्ष्मीको वास हुन थालेको छ भने मुलुकको समृद्धिको यात्रामा केही न केही इटा थपिन थालेको छ ।

सुन्दर र सुव्यवस्थित शहर धरान उपमहानगरपालिका भित्र भेटियो ‘धरानको कर्णाली’

सुनसरी । धरान पूर्वको सुन्दर मात्र नभइ विकसित शहर पनि हो । तर यही शहर भित्र पनि ‘धरानको कर्णाली’ भनेर चिनिने एउटा क्षेत्र छ जस्लाई विष्णु पादुका नामले चिन्ने गरिन्छ । अध्यात्मसंग पुरानो साइनो राखेको यो गाउँ अहिले धरान उपमहानगरपालिकाको २० नम्बर वडा बनेको छ परिवर्तित संरचना अनुरुप ।

तर उपमहानगरपालिका भित्रको शहर बन्नु उस्को लागि भाग्य भन्दा पनि व्यङ्ग बनिरह्यो लामो समय सम्म । तर अब धरान उपमहानगरपालिकाले हिन्दू धर्मको धेरै प्रसंगमा जोडिएको यो पौराणिक वस्तीलाई आधुनिकतामा ढाल्ने अभियानको आरम्भ गरेको छ । जस्को कारण अब २० नम्बर वडाले पनि शहर हुनुको स्वाद लिन पाउने सम्भावना बढेको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com