२० चैत्र २०७५, बुधबार

काठमाडौँ । नेपालमा दुई दिने लगानी सम्मेलन भर्खरै सम्पन्न भएको छ । ठूलो परिमाणमा विदेशी लगानी भित्र्याउने लक्ष्यसहित लगानी सम्मेलन आयोजना गरिएको थियो ।

सम्मेलनमा ४० मुलुकका ६ सयभन्दा बढी विदेशी पाहुना सहभागी थिए  । यसपटक १७ खर्व बराबरको प्रकृया विभिन्न परियोजनाहरुमा आसयपत्र जारी गरेका छन् । उक्त प्रतिबद्धताले मुलुकको अर्थतन्त्रमा कस्तो असर पर्ला र त्यसलाइ सरकारी वा प्रसाशनिक निकायले लगानी कर्ताले गरेको प्रतिबद्धतालाई व्यवहारमा उर्तान कसरी काम गर्ला भन्ने विषय रहेको छ ।

आगामी आर्थिक वर्षको बजेटको लागि अर्थमन्त्रालयले के कस्ता तयारी गरिरहेको छ भन्ने प्रसंग छ । अहिले पनि सरकारले पूजीगत खर्च गर्न सकिरहेको भने छैन । चालु आर्थिक वर्षलाई केलाउने हो भने ३२ प्रतिशत मात्र पुजीगत खर्च भएको छ । र सरकारले राजस्वको पनि लक्ष्य हासिल गर्न सकेको छैन ।

यधपि विकास समृदिको परियोजनामा कामहरु भइरहेको छ र अझै काम हुन धेरै नै बाँकी नै छ । संघिय सरकार स्थानीय तहमा र प्रादेशिक तहमा बजेट बाटफाँडको कार्य पनि बाँकी नै छ ।

अर्थमन्त्रालयका सल्लाहकार डा. रामशरण खरेलका अनुसार लगानी सम्मेलन ऐतीहासीक भएको र नेपाल चै लगानीको लागि नयाँ गन्तव्य बन्न सक्छ भन्ने कुरामा आस्वस्था भएको छ । र विदेशीहरु बढी उत्साहीत भएको पनि उनले बताएका छन् ।

लगानीको महत्वपूर्न उब्लब्धि चै सरकारले आफ्नो विकासका दृष्टिकोणहरु प्रस्ट पार्न सकेको सल्लाहकार खरेल बताउछन् । आगामी दिनहरुमा लामो समयसम्म अगाडि बढ्न लागेको उनको भनाइ छ ।

LIVE TV