२० चैत्र २०७५, बुधबार

काठमाडौं । एभरेष्ट सुर्य बोहोराको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘चलखेल’मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् । कमेडी जनरामा बन्न लागेको यो फिल्मको लागि गत आइतबार मात्रै निर्माण पक्षले अभिनेत्री प्रियंका कार्कीसँग लिखित सम्झौता गरेको हो ।

यसै फिल्मको लागि किरण केसी र शिवहरी पौडेलसँग पनि कुरा भइरहेको निर्माण पक्षले जनाएको छ । यो फिल्मको छायांकन जेठमा सुरु गरिने बताइएको छ ।

यो फिल्मलाई काठमाडौं, दोलखाको जिरी र मनाङमा छायाङकन गरिनेछ । निर्माता लेखबहादुर पुनका अनुसार ‘चलखेल’ को लागि २ करोडको हाराहारीमा खर्च गरिनेछ ।

LIVE TV