२० चैत्र २०७५, बुधबार
  • मनिषा आचार्य

पाँचथर । मलुकमा गणतन्त्रको स्थापना, संघियता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, लगायतका कार्य सामाजिक र राजनैतिक परिवर्तनहरु भए । तर समूह नेपालको मुख्य जड, समाज र राष्ट्रको परिवर्तनमा अग्रणी भूमिकामा रहेर विकासको गतिलाई द्रुत गतिमा अगाडी बढाउन सके क्षेत्र शिक्षामा नत राज्य संयन्त्रले चासो देखायो नत जनता न कुनै राजनैतिक दलले ।

दिन प्रतिदिन मुलुकमा घटिरहेका डरलाग्दा सामाजिक घटना, दिन प्रतिदिन हजारौँ युवा जनशक्ति विदेशपलायन, देशमा भोकमरी खाद्यान्न आयातमा वृद्धि, नेपालको कृषि योग्य भूमि मरुभुमिमा परिणत, लाखौँ युवाहरुले परदेशमा पसिनाले सिन्चित गरेर तिरेको राजश्व, गरिब किसान, मजदुरले दिनरात नभनी एकछाक टार्नका लागि भनि अर्जेको कमाईबाट हरेक क्षेत्रमा बढ्दो करको दायरा त्यही करबाट उठेको पैसाबाट जताततै भ्रष्टचार, अहिलेको नेपाली जनताको मन जितेर दुई तिहाई बहुमतको सरकार अब नेपाली जनताका विराट आशा र अपेक्षा यि सम्पूर्ण पक्षहरुमाथि अब पनि निगारानी नदिने हो भने हामीले चाहेको समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना सपना कहिले साकार होला त ?

अबको शिक्षाको उद्देश्य भनेको देशले आफ्नो अनुकुलतामा, मौलिकतामा र सृजनात्मकतामा शिक्षा निति निर्माण गरी शैंक्षिक बेरोजगारलाई रोजगारीको दिशातर्फै उन्मुख गर्दै देशलाई समृद्धिको लागि आत्त्मनिर्भर शैक्षिक जनशक्ति निर्माण गर्ने नै हो ।

विद्यालयस्तर देखि विश्वविद्यालय सम्मका सम्पूर्ण पाठ्यक्रम र शिक्षण प्रणलीमा परिवर्तन गरी व्यवहारिक र गुणस्तरीय शिक्षाको खाका निर्माण गरी कार्यान्वयनको गर्नको अर्को विकल्प छैन, हुँदा खाने र हुने खानेका छोराछोरीहरुले पढ्ने विद्यालय विश्वविद्यालय र एउटै बनाई निजि विद्यालयहरुलाई राष्ट्रियकरण गरी आम नेपाली जनताका छोरा छोरीलाई निशुल्क प्राविधिक शिक्षाको निति अवलम्वन गर्न जरुरी देखिन्छ ।

पुरानो शैलिको शिक्षण पद्धति र पाठ्यक्रम पूर्ण रुपमा परिमार्जन गरी विद्यालयस्तर देखि नै आम विद्यार्थीहरुलाई व्यहारिक शिक्षा दिनु पर्दछ । नेपालको सन्दर्भमा अहिले पनि एउटा विद्यार्थीलाई विद्यालयमा इतिहास रटाईन्छ, विश्वका विकसित मुलुकहरुको प्रगती सुविधाका बारेमा व्याख्या विश्लेषण गराइन्छ । तर आफ्नो देशलाई कसरी त्यहाँको जस्तै बनाउने भनेर सिकाईदैन, एउटा विद्यार्थीले विद्यालय उमेरदेखिनै विद्यालय जादाँ किताब,कापि, पेन्सिल, कलम बोक्नुपर्छ भनेर ठाँन्दछ तर लिने किताब, कापी, पेन्सिल कसरी बनाउने, आफ्नो प्रयोजनको लागि कसरी हामी आफै निर्माण भन्ने व्यवहारिक ज्ञान सिक्ने वातावरण प्राप्त गर्न सक्दैन ।

नासाका वैज्ञानिक प्राध्यापकहरु मंगल ग्रहमा मानव बस्ति बसाउन अनुसन्धान गर्दैछन्, लन्डन अफ ईकोनोमिक्सका प्राध्यापकहरु समस्त युरोपको आर्थिक पूनः जागरणलाई बलियो गराउँन नयाँ चिन्तनमा छन्, नेपलको अहिलेको शिक्षा प्रणालिले देशमा बस्ने र देशको सम्मान गर्ने नागरिक उत्पादन गर्न सकेको छैन ।

विश्व विद्यालयले उच्च स्तरका जनशक्ति उत्पादन गर्न सकेन । विकसित देशहरुले (Education is the Chies Defence of Nation) शिक्षालाई मान्छ । नेपालमा अहिलेको सरकारी शिक्षा भयावह अनि निजि शिक्षा व्यापारिकरण हुँदैछ । हाम्रो शिक्षाले केवल खाडि मूलुकलाई कुल्ली र विकसित देशलाई प्राविधिक जनशक्ति पठाउँछ ।

शिक्षाले अहिलेको युवाहरुलाई देशका कर्णधार, राष्ट्र निर्माणका सदस्य भनेर ट्याग भिराउछ तर राष्ट्र निर्माणको सदस्य बन्नका लागि वर्तमान, समस्या र चुनौतिहरु के के हुन् रु राष्ट्रनिर्माणको सदस्य बन्नका लागि एउटा युवामा कस्ता खालका योग्यता र दक्षता हुनुपर्छ भन्ने नै याहाँ छैन भने ऊ कसरी राष्ट्र निर्माणको सदस्य बन्न सक्छ रु अहिलेको शिक्षाले अधिकार र नियम सिकाउछ तर आत्म अनुशाशन र नैतिकता सम्वन्धि ज्ञान सिकाउदैन ।

अबको शिक्षा प्रणली भनेको देशव्यापी रुपमा व्यवहारिक, वैज्ञानिक र माजवादी शिक्षा हुनुपर्छ ताप्लेजुङ्को ओलाङ्चुङ गोलाको एउटा सामाुदायक विद्यालय पढ्ने विद्यार्थी र डोटिको आदर्श गाउँपालिकामा रहेका विद्यार्थी काठमाण्डौको सेन्ट जेभियर्स स्कुलमा पढ्ने विद्यार्थीको शैक्षिक स्तर बराबार हुनसक्ने खालको हुनुपर्छ ।

आज मुलुकमा शिक्षण राजनितिबाट उच्च ओहोदामा पुगेका मन्त्री छन् । तर आज दिर्घकालिन लक्ष्य निर्माणमा कार्यन्वयनमा उनिहरु नै कुवाको भ्यागुतो जस्तो भएर बसेका छन् । देशमा भएको सैद्धान्तिक शिक्षाले राष्ट्रियता, मौलिकता, संस्कृति, औद्योगिक क्षेत्र, प्राकृतिक सम्पदा आदिको संरक्षण पछि परेका छन् ।

व्यवहारिक शिक्षाको अभावले मलिलो माटो मरुभुमि बनेको छ , विदेशी मरुभुमी सुन फल्ने मलिलो माटो भएको छ । बाध्यताले ठुलो मात्रामा युवा जनशक्ति विदेश पलायन भएका छन् । जीवनको दिर्घकालिन उद्देश्य भेटेका छैनन् । उच्च शिक्षाको सर्टिफिकेट सिरानीमा राखेर गतिशिल, उर्जाशिल युवा प्रतिभा जनशक्ति विदेश होमिनु राम्रो होइन ।

हाम्रो देशको जल, जमिन, जंगल, पर्यटकीय स्थलहरु समृद्ध नेपाल निर्माणको अपार सम्भावनाहरु हुन । यिनिहरुलाई मध्यनजर गरेर यसै विषयका पाठ्क्रम निर्माण गरी देशको माटो सुहाउदो शैक्षिक जनशक्ति निर्माण गरी खाडी मुलुक तथा युरोपियन मुलुकमा सस्तो श्रममा दिनहु पलायन हुनबाट जोगाउन वहुप्राविधिक शिक्षा मार्फत देशलाई समृद्धि तर्फ डोर्याउनु अबको आवश्यक्ता हो ।

अहिले दिनहुँ जसो करिब १५०० को हाराहारीमा नेपाली युवाहरु वैदेशिक रोजगारको निम्ती देशबाट वाहिरिन्छन् । विदेश भन्ने वित्तिकै बोटबाट पैसा टिपेर ल्याउन पाईने भन्ने मानसिकताले ग्रस्त हाम्रो समाज, विदेशी भुमिमा राम्रो सीप, उक्त मुलुको हावापानी, निति नियमको जानकारी नललिई वैदेशिक रोजगारमा संलग्नको मृत्यु हुन्छ जुन अप्रिय छ ।

यसले गर्दा सामाजिक रुपमा विभिन्न खाले समस्याहर उत्पन्न भएका घटनाहरु टाढा छैनन् । एउटा सामान्य परिवारको व्यक्ति आफ्नो परिवारका सदस्यहरुलाई उचित गाँस, वाँस, कपास, स्वास्थ्य, शिक्षाकै लागि भनेर विदेश होमिन्छ । प्रतिस्पर्धात्मक जमानामा उसका पनि आफ्ना छोराछोरीलाई सुविधा सम्पन विद्यालय, कलेजमा पढाउने, रोगव्याधी लागेमा राम्रो दक्ष तालिम प्राप्त स्वास्थ्य कर्मी भएको अस्पतालमा उपचार गराउने सपनालाई वोकेर विदेश जान्छ तर उसले जती सम्पत्ति कमाउने सपना बोकेर गएको हुन्छ ।

त्यही अनुरुप नभएपछि अन्तत ऊ निराश भएर स्वेदनश फर्कनुको विकल्पनै छैन । स्वदेशमा पनि दक्षता अनुसारको काम र ज्याला नभएपछि उसका आउने सन्तानले पनि विदेश जानुको विकल्प नै देख्दैनन यसबाट पनि सामान्य प्रश्न गर्न सकिन्छ के यसरी नै मुलुक समृद्ध बन्छ त ?

यसर्थ अबको शिक्षा प्राणली व्यवहारिक र वैज्ञानिक हनुपर्छ विद्यालयस्तर देखि नै विद्यार्थीलाई इतिहाँसका कुरा रटाएर कुनै पनि प्रकारको प्रगति हुँदैन । उसलाई उसले प्रयोग गर्ने क्याल्कुलेटर, कलम, पेन्सिल, झोला कसरी बन्छ ? जस्ता कुराहरु प्रयोगात्मक रुपमा सिकाउन जरुरी छ । सरकारले मुलुकमा समाजवादी निशुल्क शिक्षाको अवधारणालाई संविधानको कागजमा मात्र सिमित नराखेर व्यवहारिक रुपमा परिमार्जन गर्दै कार्यान्वयन गर्न जरुरी छ ।

यसर्थ अबको शिक्षा प्राणली व्यवहारिक र वैज्ञानिक हनुपर्छ विद्यालयस्तर देखि नै विद्यार्थीलाई इतिहाँसका कुरा रटाएर कुनै पनि प्रकारको प्रगति हुँदैन । उसलाई उसले प्रयोग गर्ने क्याल्कुलेटर, कलम, पेन्सिल, झोला कसरी बन्छ ? जस्ता कुराहरु प्रयोगात्मक रुपमा सिकाउन जरुरी छ । सरकारले मुलुकमा समाजवादी निशुल्क शिक्षाको अवधारणालाई संविधानको कागजमा मात्र सिमित नराखेर व्यवहारिक रुपमा परिमार्जन गर्दै कार्यान्वयन गर्न जरुरी छ ।

अहिलेको दुई तिहाइको सरकारको पालादेखि नै शिक्षा जस्तो संवेदनशिल क्षेत्रको विषयलाई मुख्य सरोकारको विषय बनाएर दिर्घकालिन कार्यशैली अपनाउनु पर्दछ । निति नियम बनाउनु मात्र ठुलो विषय होइन प्रभावकारी कार्यान्वयन महत्वपूर्ण विषय हो । कार्यान्वयनको पाटोलाई नेपाल सरकारको सम्बन्धित निकायले अनुगमन गरी प्रभावकारी कार्यान्वयनको उच्चतम प्रयास गर्नु पर्ने देखिन्छ ।
आम नेपाली जनताको जीवनस्तर सरल र सहज र अर्थपूर्ण बनाउन धेरै विषयका नितिनियमहरु संशोधन परिमार्जन गर्न जरुरी छ । यो काम व्यक्ति सजिलो त हैन यसमा चुनौतिका चाङ्गहरु अनगिन्ति भएतापनि त्यतिनै मात्रामा सकारात्मक बनि दृढ इच्छा शक्ति र प्रतिवद्धता चाहिन्छ । नितिगत रुपमा धेरै विषयहरु सुधार्न जरुरी छ । कतिपय नियमहरु राम्रा भएतापनि कार्यान्वयनमा जटिलता अवश्य छ । यि सम्पूर्ण कुराहरुलाई चरणबद्ध रुपमा परिमार्जन गनर्दै जान जरुरी छ । निति निर्माता र कार्यान्वयन पक्षको राम्रो तालमेलले मात्र यो सम्भव छ ।

गणतान्त्रिक मुलुकको संविधान कागजमा मामत्र सिमित हुनु हुँदैन, जनतामा संविधानबारे अझैँ पनि राम्रो ज्ञान छैन । यसलाई गुणस्तरीय शिक्षाले समृद्ध मुलुक कसरी निर्माण गर्न सकिन्छ । त्यहि अनुसारको दिर्घकालिन योजना अनुसार व्यवहािरिक र वैज्ञानिक शिक्षाको विकास गर्नुको विकल्प छैन ।

देशमा उत्पादित प्रतिभा र जनशक्तिलाई प्रयोग गरी प्रर्याप्त मात्रामा स्रोत साधनको प्रयोयग र उत्पादन गरी आयात भन्दा निर्यात बढाउने हो भने युवाले स्वदेशमै रोजगार प्राप्त गर्छन् । जसरी वातावरण सन्तुलन राख्न समयअनुकुल घाम पानी प्रकृतिले मिलाउछ त्यसरी नै देशमा जनता सक्रिय र वैज्ञानिक शिक्षामा लगानी वृद्धि गर्न तत्पर बन्नु पर्छ ।

कुनैपनि मुलुकको प्रकृतिक स्रोतको उचित परिचालन विना समृद्धि सम्भव छैन् । पहिलेको शिक्षाप्रणाली मानिसको चरित्र निर्माण गर्न प्रमुख थियो वर्तमान अवस्थामा शिक्षाको उद्देश्य व्यक्ति केन्द्रित होईन समाज केन्द्रित हुनुपर्छ । चरित्र निर्माण गर्न होईन व्यवस्था निर्माण गर्ने हुनुपर्छ । अबको शिक्षाको लक्ष्य वौद्धिक पोलिटेक्नीक, शारीरिक, वैज्ञानिक हुनुपर्छ । जसरी रुसमा वोल्सेभिक क्रान्तिवादी क्रप्सकायाले पोलिटेक्नीक शिक्षामा जोड दिएर रुषको शिक्षमा आमुल परिवर्तन गरी समाज रुपान्तरण गरे त्यसरी नै अबको शिक्ष प्रणली वैज्ञानिक प्राविभिक र निशुल्क हनुपर्दछ ।

अबको शिक्षाको मूल मुद्धा शिक्षा र रोजगारमा समान पहुँच साथै व्यवहारिक जिवन उपयोगी, वैज्ञानिक र राष्ट्रको आवश्यक्ता अनुरुपको हुनुका साथै सर्बसुलभ र नागरिक मुखि हुनु पर्छ । शैक्षिक बेरोजगार जनशक्तिको उचित व्यवस्थापन नहुदा शिक्षामा नागरिकको पहुँच घट्दै जानु तितो सत्य हो ।

साथै मोहि माग्ने ढुँग्रो लुकाउने सरकारी प्रवृत्तिले निम्त्याएको ठुलो चुनौती हो । शिक्षा भनेको प्रमाण पत्रको थाक र सुचनाको भारी होईन सोच र चेतनाको स्तर हो, सत्कर्म, सदाचार र शिष्टचारको बढुवा हो । देशका युवाहरु ६० डिग्रीको चर्को घाममा परदेशमा ताबुक र बेल्चा समाउन पठाउने र बिप्रेषणले देशको अर्थतन्त्रमा सहयोग पुगेको बताउने राज्य प्रणालीको मानसिकतालाई झकझक्याउनु जरुरी छ ।

मनिषा आचार्य: केन्द्रीय सदस्य, अखिल क्रान्तिकारी

LIVE TV