२० चैत्र २०७५, बुधबार

बर्दिया । किर्तेमार्फत सरकारी जग्गा व्यक्तिका नाममा बनाएर दृष्टिबन्धक राखेको आरोपमा प्रहरीले मंगलबार निमित्त मालपोत अधिकृत रामकुमार रोकायलाई पक्राउ गरेको छ । उनलाई बर्दियाबाट पक्राउ गरी नेपालगन्ज लगिएको हो । यस प्रकरणमा अहिलेसम्म १४ जना पक्राउ परिसकेका छन् ।

बाँकेका प्रहरी उपरीक्षक ९एसपी० अरुण पौडेलले किर्ते आरोपमा यसअघि हुलाक, भूमिसुधार तथा मालपोत कार्यालय बाँके र बर्दियाका गरी ११, लेखनदास २ जना र १ सर्वसाधरणलाई पक्राउ गरिएको जनाए । प्रहरीले मालपोत कार्यालय बर्दियाका प्रमुख कृष्णप्रसाद ज्ञवालीसहित केही अधिकारीको खोजी भइरहेको जनाएको छ । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

LIVE TV