१९ चैत्र २०७५, मंगलवार
  • सविन लामिछाने,

तनहुँ । तनहुँको व्यास नगरपालिकाले किसानहरुलाई हातेट्याक्टर वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा ६ वटा हाते ट्रयाक्टर किसानलाई वितरण गरेको हो ।

तनहुँमा गोरु पाल्ने चलन घट्दै जाँदा खेतबारी बाँझो हुने क्रम बढेको छ । युवाहरु रोजगारीका लागि विदेश र गाउँका बृद्धबृद्धाले गोरु पाल्न छोडेपछि खेतीयोग्य जमिन बाँझो मा परिणत भएको हो । यसैलाई लक्षित गरि नगरपालिकाले किसानहरुका लागि होत ट्याक्टर उपलब्ध गराएको हो । हाते ट्रयाक्टर गोरुभन्दा धेरै सजिलो र छिटो हुने किसानको भनाइ छ ।

खेतीयोग्य जमिन बाँझो रहेकाले ती जमिनलाई फेरि खेतीयोग्यमा फर्काउनका लागि हातेट्याक्टर वितरण गरेको नगरपालिकाले जनाएको छ । युवाहरु रोजगारीको लागि विदेश गएकोले पनि युवाहरुलाई स्वदेश फर्काई कृषि क्षेत्रमा अग्रसर गराउने योजना नगरपालिकाको छ ।

किसानको आवश्यकता र मागअनुसार नै नगरपालिकाले हाते ट्रयाक्टर उपलब्ध गराएको हो । आधुनिक र व्यवसायिक खेती प्रणालीमा अग्रसर गराउन किसानलाई आवश्यक औजार, तालिमको व्यवस्था गर्नुपर्ने किसानको माग छ ।

LIVE TV