१९ चैत्र २०७५, मंगलवार
  • जनक बहादुर शाही

हुम्ला, १९ चैत । हुम्ला जिल्ला भर निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक निकाय वल्र्ड लिंक कम्युनिकेशन प्रालिले आफ्नो सेवा सञ्चालन गर्ने कार्य सुरु गरेको छ । जिल्लामा रहेका ७ गाउँपालिका मध्ये ५ वटा गाउँपालिकामा सेवा सञ्चालनमा लागि मनोपोल टावर स्थापना गर्ने कार्य सुरु गरेको हो ।

हुम्लामा ब्यबसायिक सेवा सुरु नगरेको वल्र्ड लिंक प्रालिले सिमकोट गाउँपालिकामा दुई स्थानमा मनोपोल टावर निर्माण गरेर आफ्नो निशुल्क सेवा सुरु गरेको सो प्रालिका स्थानीय प्रतिनिधि रामजन रावतले बताए ।

सिमकोट ६ कोे उत्तर तिरको किर्ने खर्केमा १ टावर, सिमकोट ३ को लाङ्दुडाँडामा १टावर गरी अहिले पहिलो चरणमा २ वटा टावर स्थापना गरेर हाललाई निशुल्क सेवा जिल्ला सदरमुकाम सिमकोटका अस्पताल, सिमकोट गाउँपालिका, बालमन्दिर माबि, सिमकोट ५ नम्बर वडा कार्यालय, सिटिजन्स बैंक, बिमान स्थल र सिमकोट ६ नम्बर वडा कार्यालयमा सुरु गरेकोे रावतले बताए ।

अहिले नेपाल टेलिकमको सेवा अबरुद्ध भएको बेला वल्र्ड लिंकबाटै इन्टरनेट सेवा सञ्चालन भै रहेको छ । यो कार्य नाम्खा गाउँपालिकामा टावर निर्माणको काम सुरु भएको र अब केही दिनमै सञ्चालनमा आउने उनले बताए ।

चंखेली गाउँपालिकामा पनि २ वटा मनोपोल टावर स्थापना गरेर हाललाई दुई लाईन गाउँपालिकाको कार्यालय र बिद्यालयमा सेवा बितरण गरि निशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको जानकारी पनि उनले दिए । र ताँजाकोट गाउँपालिकामा पनि दुई वटा टावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको र नयाँ बर्षसंगै इन्टरनेट सेवा सञ्चालनमा आउने भएको छ । २ गाउँपालिकाहरुमा पनि गाउँपालिका कार्यालय, बिद्यालय, स्वास्थ्य चौकी लगायतका सार्बजनिक स्थानमा सेवा प्रदान गरिने भएको छ ।

गाउँपालिकाहरुले महंगो शुल्क तिरेर नेपाल टेलिकमको वाईम्याक्स सेवाले राम्रो काम नगरि रहेको अबस्थामा वल्र्ड लिंकको इन्टरनेट सेवा संचालनमा आएपछि काम गर्न सहज हुने बिश्वास ताजाँकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीले बताउनु भयो ।

LIVE TV