१९ चैत्र २०७५, मंगलवार

काठमाडौं, १९ चैत । चित्रकुमार स्मृति भेट्रान कप सेभेन ए साइड फुटबल प्रतियोगिता बैशाख ९ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा मोफसलका ४ सहित २० टिमको सहभागिता रहने आयोजक चित्रकुमार भेट्रान समूहका अध्यक्ष सुरज लामाले जनाएका छन् । ४० वर्षमाथि उमेरसमूहको नकआउट प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार हात पार्ने छन् ।

खेलहरु बौद्ध टुसालस्थित टाउन प्लानिङको मैदानमा हुनेछ । फाइनल बैशाख १४ गते हुनेछ ।

LIVE TV