१८ चैत्र २०७५, सोमबार

काठमाडौं । बारा र पर्सामा आएको हावाहुरीमा घाइते भएका ६ जनालाई काठमाडौं ल्याइएको छ।

नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको नेपाली सेनाका प्रवक्ता एम ढकालले बताउनुभयाे । तर कुन अस्पतालमा लाने भनेर टुंगो नलागेकाे पनि उहाँले जाकारी दिनुभयाे ।

सेनाको एक वटालीयन उद्दारमा रहेको र उनीहरुले भत्केका र अवरुद्ध सडक खुलाउने काम गरिरहेको ढकालकले बताउनुभयाे । सेनाको एक चिकित्सक टोली बारा पठाउन लागिएको समेत उहाँले बताउनुभयाे।

आइतबार राति आएको भिषण हावाहुरीमा परेर ३५ जनाको मृत्यु हुनुका साथै करिब ७ सय बढी घाइते भएका छन् । उनीहरुको बारा र पर्साका अस्पतालमा उपचार भइरहेको छ।

१०० भन्दा बढी घाइतेहरूको नारायणी उपक्षेत्रीय अस्पताल र विरगञ्ज हेल्थ केयर सेन्टरमा ५० बढी घाइतेको उपचार भइरहेको बताइएको छ।

गृहमन्त्रालयका अधिकारीहरुका अनुसार घाइते वीर हस्पिटल वा त्रिवि शिक्षण अस्पतालमा लग्ने तयारी छ ।

LIVE TV