१७ चैत्र २०७५, आईतवार

काठमाडौं । तपाईंले समुद्र गुफा, गुप्त गुफा लगायत अन्य गुफाको बारेमा त पक्कै सुन्नुभएको होला । तर, नुन गुफाबारे सुन्नुभएको छैन होला । इरानमा यस्तै गुफा फेला परेको छ ।

मृत सागर क्षेत्र इरानमा विश्वकै लामो नुन गुफा फेला परेको छ । जसलाई इजराएली अनुसन्धान टोलीका सदस्यले पत्ता लगाएका हुन् । उत्त गुफालाई ‘मल्हम‘ नामाकरण गरिएको छ । सोडोम पहाडमुनिबाट अघि बढेको उक्त गुफा १० किलोमिटर लम्बाइको छ ।

सन् १९८० बाट खोजी प्रयास भए पनि यतिबेला १० दिन लगाएर वैज्ञानिकहरुले यसलाई भेटाएका हून । यो गुफा त्यो क्षेत्र नजिक छ, जहाँ बाइबलमा लोटकी श्रीमती नुनको खम्बामा परिणत भएको भनी देखाइएको छ ।

विश्वको लामो नुन गुफाको टाइटल विगत १३ वर्ष देखि इरानकै क्वेसम आइल्याण्डमा रहेको गुफा थ्री न्यूड्स संग थियो तर हिबु्र युनिभर्सिटी अफ जेरुसेलम केभ सेन्टर लगाएत विश्वको अन्य अनुसन्धान टोली र केभरसको सहयोगपछि १० किलोमिटर लामो मल्हम नुन गुफा प्रख्यात हुदै गएको छ । सोडोम पहाडमुनिबाट अघि बढेको उक्त गुफा १० किलोमिटर लम्बाइको छ ।

LIVE TV