१६ चैत्र २०७५, शनिबार

गाज्नी । अफगानिस्तानको पूर्वी क्षेत्रमा सरकारी सुरक्षा कर्मी र तालिवनबीच दोहोरो भिडन्त भईरहेकाबेला एक विद्यालयमा तोप आक्रमण भएको छ ।

आक्रमणमा परी सो बिद्यालयमा अध्यायन गरीरहेका चार जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाईते भएका छन् । गाजनी प्रान्त अन्तर्गत आन्दर जिल्लाको ग्रामिण इलाकामा रहेको विद्यालयमा शनिबार यो आक्रमण भएको जनाईएको छ ।

घाईते हुनेमा दुई शिक्षकसमेत रहेको प्रान्तीय प्रवक्ता अरेफ नुरीले बताएका छन् । घाईतेमध्ये अधिकांसको अवस्था गम्भीर रहेको जनाईएको छ । आक्रमण कस्ले गर्यो भन्नेबारे पुष्टि पुष्टि नभएको स्थानीयले बताएका छन् । शनिबार मात्रै अफगनिस्तानको सुरक्षा चौंकीमा आक्र्रमण गरेर तालिवानीले ९ सेनाको हत्या गरेका थिए ।

LIVE TV