१६ चैत्र २०७५, शनिबार

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा व्यापार मेला चलिरहेको छ । यसपटक नेपाली घरेलु तथा साना उद्योग र हस्तकलाका उत्पादन मेलाको प्राथमिकता बन्न सकेन । नेपाली घरेलु उत्पादनको माग अन्तर्राष्ट्रिय बजारमा रहेपनि महत्व दिन सकेको देखिदैन ।

मौलिक हस्तकला फेल्ट, धातुकला, पस्मिना, काष्ठकला, पेपर क्राफ्ट नेपाली उत्पादन विश्वमा लोकप्रिय छन् । यी उत्पादनको माग अमेरिका, यूरोप, जापान तथा क्यानडा लगायतमा मुलुकमा धेरै छ । तर, काठमाडौंको भृकुटीमण्डमा सुरु भएको व्यापार मेलामा नेपालका उत्पादनले भन्दा चीन र भारतकै सामग्री भरिभराउ छ ।

नेपाली उत्पादनलाई अन्तर्राष्टिय बजारीकरण गर्न मेला आयोजना गरिएको आयोजक बताउँछन् । नेपाली उद्यमीले विदेशी उद्यमीसँग सहकार्य गर्नेगरी निर्यात गर्ने रणनीति आयोजकले राखेका छन् ।

चीन र भारतका उत्पादनमा अवलोकनाकर्ताहरुको बढी आकर्षण रहेको व्यवसायी बताउँछन् । नेपालका मौलिक उत्पादनमा अवलोकनकर्ताले कम ध्यान दिएका छन् । बाइट ः व्यवसायी
विश्वका धेरै देशमा आकर्षण रहेको पस्मिना, चिया अदुवाको स्टल निकै कम छन् । विदेशी उत्पादन नयाँ भएकाले आकर्षण बढेको अवलोकनकर्ता बताउँछन् ।

सरकारले घरेलु तथा साना उद्योगमा विदेशी लगानी समेत प्रतिवन्ध गरेको छ । अन्तराष्र्टियस्तरकै व्यापार मेलामा पाल्पाका ढाका टोपी र भोजपुरका खुकुरी, इलामका चिया लगायत मौलिक पहिचान र उत्पादनलाई बढी प्रोत्साहान नगर्दा अन्तर्राष्ट्रिय बजारीकरण सहज हुँदैन ।

LIVE TV