१४ चैत्र २०७५, बिहीबार

काठमाडौं । सिल्क ग्रुपका प्रिन्स दाहाल र सेनाकी रशिला महर्जनले १५ औं राष्ट्रब्यापी कृष्ण मोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताको यु – १७ को उपाधि हात पारेका छन् । प्रिन्सले ब्वाइजको फाईनलमा एपिएफका पेम्बा शेर्पालाई २१.४, २१.८ ले जित हात पार्दै उपाधि उचालेका हुन् ।

यस्तै सेनाकी रशिलाले गल्र्स तर्फ मोरङ्गकी सिमा राजबंशीलाई २१. १४, २१.१५ ले पराजित गरिन् । प्रतियोगितामा ब्वाईज तर्फ एपिएफका प्रियांशु सिंह क्षेत्री र दिवस शंकरले तेश्रो स्थानमा चित्त बुझाए । गल्र्स तर्फ मोरङ्गकी निता लम्साल र सेनाकी रञ्जना भट्ट तेश्रो भए ।

हलचोकस्थित एपिएफको कभर्डहलमा भएको प्रतियोगिताको मिश्रीत युगलमा एपिएफका दिपेश धामी र पुजा श्रेष्ठको जोडीले उपाधि उचालेका हुन् । गत बर्षका बिजेता धामी र श्रेष्ठको जोडीले आफ्नै क्लबका बिजित थापा मगर र शोभा गौचनको जोडीलाई २१. १०, २१ .१२ को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेका हुन् ।

सेमिफाइलनमा दिपेश र पुजाको जोडीले आफ्नौ क्लका गौतम सिंह कठायत र सुनैना मुखियाको जोडीलाई २१. १२, २१ .१६ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । यस्तै बिजीत र शोभाको जोडीले सेनाका सुरोज महर्जन र अमिता गिरीको जोडीलाई २२.२०, २१ .१७ ले हराए ।

यस्तै ५५ बर्ष माथिको प्रतिस्पर्धामा ग्यालेक्सि ब्याडमिन्टन क्लबका पुष्पराज ताम्राकार र राजु भुजुको जोडी बिजयी भए । पुष्प र राजुको जोडीले एपिएफका भरत कुमार श्रेष्ठ र सुरेश बमको जोडीलाई २१. १९ र २१. ७ ले पराजित गरे । धादिङ्गका रमेश भट्टचन र बिष्णुलाल श्रेष्ठ तथा एपिएफका चुडामणी उपाध्याय र जंगबहादुर चन्दको जोडी संयुक्त रुपमा तेश्रो भए ।

LIVE TV