१४ चैत्र २०७५, बिहीबार

काठमाडौँ । नेप्से सूचक बिहीबार २.०१ अंकले बढेर ११४४.५३ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.१८५ माथि लागेको हो । कुल १६८ कम्पनीको २४ करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । ९ लाख ६५ हजार ७९ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

कुल १० वटा समूहको सेयर कारोबार भएकामा ६ वटा समूहका सूचक माथि लागेका छन् भने बाँकी ४ वटा समूह तल झरेका छन् । कारोबार रकममा शिवम् सिमेन्टले अग्रता लिएको छ ।

शिवमको २ करोड ६८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक र नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।

LIVE TV