१४ चैत्र २०७५, बिहीबार

काठमाडौं । सरकारले लगानी सम्मेलनमा सहभागी हुन आउने पाउनाहरुको लागि ६ ओटा अस्पतालहरु तयारी अवस्थामा राखेको छ । आगामी शुक्रबार र शनिबार हुने लगानी सम्मेलनका लागि सरकारले उपत्यकाका छ वटा सरकारी अस्पताल तयारी अवस्थामा राखेको हो ।

फाइल फाेटाे

सरकारले सम्मेलनमा सहभागी हुन आउने पाहुनाहरूमा देखिन सक्ने आकस्मिक स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै छ वटा अस्पताललाई तयारीमा राखेको हो । तयारी अवस्थामा रहने अस्पतालमा वीर अस्पताल, निजामती अस्पताल, त्रिवि शिक्षण अस्पताल, सैनिक अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पताललाई तयारी अवस्थामा राखेको छ ।

ती अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीहरू सर्जन, नर्स, प्यारामेडिक्स लगायतको टोलीसमेत तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

LIVE TV