१२ चैत्र २०७५, मंगलवार

काठमाडौं । चोरको बिगबिगीले केही महिनायता प्रहरी तनावमा थियो । एकपछि अर्को हार्डवेयर पसलमा समान प्रकृतिको चोरी भइरहँदा प्रहरी जनदबाबमा पनि थियो । तर, सर्च अपरेशनका क्रममा एक बुढी आमाको दिएको सामान्य ‘क्लू’ले चोरको गिरोह नै पक्राउ प¥यो । जसले चोरेरै काठमाडौंमा घडेरी जोडेका थिए ।

मिति: २०७५ फागुन २७ गते
प्रहरीको एउटा टोलीले रातको समयमा नयाँ वानेश्वरमा सर्च अपरेशन ग¥यो । अपरेशनका क्रममा प्रहरीले दुई चोरलाई केही सामानसँगै पक्राउ ग¥यो । चोरको गिरोहबारे प्रहरीले थप जानकारी लिने क्रम जारी रहँदा एक बुढी आमाले पक्राउ परेका व्यक्तिलाई आफूले चोरी गर्दै गरेको देखेको भनेर प्रहरीलाई जानकारी दिइन् । त्यही क्लुका आधारमा प्रहरीले एउटा घर खानतलासी ग¥यो । जहाँ चोरी गरिएका लाखौंका सामान थुपारिएको थियो ।

प्रहरी बानेश्वरमा कसरी सर्च अपरेशन गर्न पुग्यो ? फागुन ११ गते : ललितपुरको इमाडोलस्थित ए एण्ड बि ज्वेलर्समा साढे ८ लाख बराबरको चाँदी चोरी भयो ।

फागुन २१ गते: मध्यरातमा धुम्बाराहीको रिजन इन्टरप्राइजेजबाट झण्डै ६ लाख बराबरको हार्डवेयरको सामान चोरी भयो ।

यसरी लाखौंका सामान चोरी भएपछि प्रहरीले गिरोह पक्रन सर्च अपरेशन चलायो । अपरेशन कै दौरान प्रहरी फागुन २७ गते नयाँ वानेश्वर पुग्यो । महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले मध्येबानेश्वरस्थित पारस प्रसादले भाडामा लिएको कोठाबाट नगद, हर्डवेयर र चाँदीका गर–गहनाहरु बरामद ग¥यो ।

त्यसपछि प्रहरीले श्रृङखलाबद्ध रुपमा चोरी गर्दै आएका भारत मोतीहारी घर भएका पारस प्रसाद, भारत समस्तिपुर घर भएका सन्तोष पोद्दार र रामेछाप खनियाँपानीका ओमराज श्रेष्ठलाई पक्राउ ग¥यो । गिरोहका चार जना अझै फरार छन् ।

चोरेको सामान राख्न यिनीहरुले काठमाडौंको पुरानो वानेश्वरमा उत्तमकृष्ण कर्माचार्यको घरमा ३ वटा कोठा भाडामा लिएको थिए । चोरी गरिएको सामान बा १ ज ११९२ नम्बरको ट्याक्सी र बा १४ च ७२६९ नम्बरको मारुती भ्यानमा राखेर भण्डारणस्थलमा पु¥याइन्थ्यो । र, यिनीहरुले ग्राहक खोज्दै बेच्थे । चोरेको सामान खरिद गर्नेलाई पनि चोरी अभियोगमै कारबाही हुने प्रहरीले जनाएको छ ।

गोदाममा राखिएको सामानलाई दिउँसो भने एक समूहले निर्माणाधिन घरमा विक्री गर्ने गरेको तथ्य प्रहरीले फेला पारेको छ । चोर्नका लागि नै यिनीहरुले गाडी किनेको प्रहरीको दाबी छ । त्यस्तै पारसले काठमाडौँमा जग्गा समेत किनेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।

LIVE TV