१२ चैत्र २०७५, मंगलवार

किभ । दादुराका कारण युक्रेनमा गएको तीन महिना भित्र कम्तीमा १४ जनाको मृत्यु भएको छ । त्यस्तै यो रोगबाट ३२ हजार भन्दा बढी प्रभावित भएको युक्रेनको स्वास्थ्य मन्त्रालय निकालेको बिज्ञप्तिमा बताईएको छ ।

सन् २०१८ को डिसेम्बर २८ बाट सन् २०१९ को मार्च १२ सम्म १८ हजार १०९ जना बालबालिकासहित ३२ हजार ९३९ व्यक्ति दादुराबाट प्रभावित सो मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । गत वर्ष युक्रेनभरी ३५ हजार १२० व्यक्ति दादुरा रोगबाट प्रभावित भएका थिए ।

LIVE TV