१२ चैत्र २०७५, मंगलवार

काठमाडाैँ । लामो समयको गृहकार्यपछि जापानमा नेपाली कामदार पठाउने समझदारीमा हस्ताक्षर भएको छ । यससँगै जापानले नेपाली कामदारलाई जापानी नागरिक सरहकै सुविधा र पारिश्रमिक दिने नीति ल्याएकाे बताइएकाे छ ।

विदेशी कामदार भित्र्याउन लागेकाे जापानले कामदारको हितमा एकपछि अर्को ऐन बनाउँदै नीतिगत सुधार गरिरहेकाे छ ।

आफ्नो मुलुकमा कामदार अभाव भएपछि जापानले विदेशी कामदार आपूर्ति गर्न नयाँ ऐन बनाएपछि यो सम्झौता भएको हो ।

लाखौं विदेशी कामदार भित्र्याउने लक्ष्य राखेको जापानले कामदारहरुको सेवा र हितका लागि अनेक कानुनहरु पनि तयार गरिरहेको छ । रोजगारदाता र कामदारले पालना गर्नुपर्ने त्यस्ता नियमले जापानमा अवैध बसोबास गर्नेहरुलाई कडाई गर्नेछ ।

हेर्नुहोस जापानमा आप्रवासी कामदारका लागि बन्दै गरेका र बनेका नियमहरुको जानकारीसहितको यो भिडियो-

LIVE TV