१२ चैत्र २०७५, मंगलवार

काठमाडौँ । सरकाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई प्रतिबन्ध लगाएको छ । तर उसलाई हेर्ने दृष्टिकोणमा सत्तारुढ दलभित्रमात्र होइन, सरकारमा सहभागी मन्त्रीबीच पनि मतभेद देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच नै चन्द नेतृत्वको समूहप्रतिको दृष्टिकोण बाझिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई वार्तामा आउन चैत महिनाभरको समय दिएका छन् ।

उनले सोमबार नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलको बैठकमा विप्लव समूहलाई संवादमा आउन यही चैत महिनाको समय दिइएको जानकारी दिएका छन् । यो खबर आजको नागरिक दैनिकले लेखेको छ ।

LIVE TV