११ चैत्र २०७५, सोमबार
  • सुमन कार्की

पाल्पा । पाल्पामा टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ । निस्दी गाउँपालिका ७ ज्यामिरेमा सोमबार दिउँसो टिप्परको ठक्करबाट एक जना महिलाको मृत्यु भएको हो। सिमेन्ट उद्योगबाट चुनढुङ्गा खानी तर्फ जादै गरेको लु २ ख २६१४ नम्बरको टिपरले ठक्कर दिँदा निस्दी ७ ज्यामिरेकी ६९ वर्षीया यानीसरा ढेंगाको मृत्यु भएको हो ।

दिउँसो १ बजेको समयमा पँधेराबाट पानी लिएर फर्कदै गर्दा बाटो काट्ने क्रममा ढेंगालाई टिप्परले ठक्कर दिएको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भुपाल सिंह रानाले जानकारी दिएको छ । ठक्कर दिने टिपर चालक कृष्णप्रसाद शर्मा प्रहरी नियन्त्रणमा छन् ।

LIVE TV