११ चैत्र २०७५, सोमबार
  • दीपक उपाध्याय

चैत्र ११ , बझाङ । भलिबल खेल्दा विवादपछि भएको झडपमा बझाङको सुर्मा गाँउपालिका–५ का १८ वर्षीय आनन्द बिकको ज्यान गएको छ ।

आइतबार दिउँसो गाँउ नजिकै भलिबल खेल्दा विवाद भएपछि–५ कै १८ वर्षीय जीवन बोहरा र रनु बोहराले बिकलाई लौरोले हानेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रविण धितालले बताए । घाइते बिकको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई नेपालगञ्ज रिफर गरिएको थियो । उनको सोमबार बिहान अत्तरिया पुग्दै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

हाल घटनामा संग्लग्न दुवैजना फरार रहेको र दुवै जनाको खोजी कार्य भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहको डीएसपी धितालले जानकारी दिए ।

LIVE TV