न्युजिल्यान्डकाे मस्जिद अाक्रमणमा प्रयाेग भएका अर्ध-स्वचालित हतियार प्रतिबन्धित



प्रकाशित मिति : Mar 21, 2019

एजेन्सी । न्युजिल्यान्डले क्राइस्टचर्चस्थित मस्जिदमा भएकाे आक्रमणमा प्रयोग भएको प्रकृतिका सबै प्रकारका अर्ध-स्वचालित हतियारको प्रयोगमाथि प्रतिबन्ध गर्ने भएको छ ।

प्रधानमन्त्री जेसिन्डा आर्डर्नले अप्रिल ११ सम्ममा प्रतिबन्ध सम्बन्धमा नयाँ कानुन बन्ने बताएकी छिन् । गत शुक्रबार क्राइस्टचर्चस्थित दुई वटा मस्जिदमा भएको एक बन्दुकधारीले आक्रमण गरी ५० जनाको हत्या गरेका थिए ।

प्रधानमन्त्रीले प्रतिबन्धित हतियार सरकारले खरिद गर्ने योजना ल्याउने बताएकी छिन् । नयाँ कानुन बन्नुअघि हतियार खरिदमा प्रतिबन्ध लगाउने बताएकी छिन् । न्युजिल्यान्ड सरकारले मस्जिदमा भएको आक्रमणको ६ दिनपछि यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री आर्डर्नले सरकारले प्रतिबन्धित हतियार खरिदमा १० करोडदेखि २० करोड अमेरिकी डलर लाग्न सक्ने अनुमान गरेको बताइन् । सामुदायको सुरक्षा लागि यति खर्च गर्न आवश्यक रहेको उनको तर्क छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com