४ करोड ८४ लाख बक्यौता उठाउन बाँकी १७ वटा विदेशी एयरलाइन्स सम्पर्कविहीन



प्रकाशित मिति : Mar 21, 2019

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालमा उडान रोकेका १७ वटा विदेशी एयरलाइन्सबाट बक्यौता उठाउन सकेका छैनन् ।

ती एरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाउन बाँकी रहेको ४ करोड ८४ लाख रुपैयाँ उठाउन कडाइका साथ पहल पनि भएको छैन । नपालका कार्यालय बन्द गरिसकेका ती विदेशी एयरलान्स सम्पर्कबिहीन छन् ।

बक्यौता रकम जहाज अवतरण (ल्यान्डिङ), पार्किङ, (विमान), एयर नेभिगेसज (सञ्चार तथा उड्डयन सहाय सेवा), विमानस्थल विकास शुल्क र घरभाडासहितको रकम रहेकाे जनाइएकाे छ ।

बेलैमा सरकारी दायित्व नतिर्ने एयरलाइन्स वा संस्थासँग गरिएको सम्झौतापत्र स्थगन गर्न सकिने वा सम्पत्ति रोक्का राख्ने अधिकार प्राधिकरणको नियमावालीले विमानस्थल प्रमुुखलाई दिएको छ । यो समाचार आजकाे कान्तिपुर दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com