साफ च्याम्पियनसिप : नेपालसँग श्रीलंका ४-० गोलले पराजित



प्रकाशित मिति : Mar 20, 2019

काठमाडौं । साफ च्याम्पियनसिप महिला फुटबलको पहिलो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४-० गोल अन्तरले पराजित गरेको छ । जित सँगै नेपाल च्याम्पपियनसिपको फाईनलमा प्रवेश गरेको छ ।

विराटनगरको शहीद रंगशालामा बिहान ११ बजेबाट सुरुभएको खेलमा नेपालले खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको खेलमा अग्रता लिएको थियो ।

त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेत, ८२ औं मिनेटमा सावित्रा भण्डारी र ८६ औं मिनेटमा रेखा पौडेलले गोल गरिन् ।नेपालले उपाधिका लागि भारत र ब‌गलादेशबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com