दुहबीमा रोजगार मेला आयोजना



प्रकाशित मिति : Mar 20, 2019
  • तारा आचार्य

मोरङ । रोजगारका लागि विदेशिने युवाहरुलाई नेपालमै रोजगारको अवस्था र तालिम प्रदायक संस्था बारे जानकारी दिन दुहबीमा रोजगार मेला आयोजना गरिएको छ ।

दुहबी नगरपालिका, बुढीगंगा गाउपालिका र उद्योग संगठन मोरङले संयुक्त रुपमा आयोजना गरेको रोजगार मेलामा सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगहरुमा दक्ष जनशक्तिको अभाव रहेको जानकारी दिइएको थियो ।

सो कार्यक्रममा उद्योगी व्यवसायीहरुले दक्ष जनशक्ति नभएकै कारण भारतबाट जनशक्ति ल्याउनुपर्ने अवस्था एकातिर रहेको छ भने अर्कोतिर दैनिक रोजगारीकै लागि विदेशिने प्रवृत्ति हावी भएको बताएका छन् । युवाहरुलाई रोजगारको अवसर र तालिम प्रदायक संस्थाहरु बारे जानकारी दिन सकिए रोजगारका लागि विदेशिने प्रवृति हट्ने भएकाले रोजगार मेला आयोजना गरिएको दुहबी नगरपालिकाका मेयर वेद गच्छेदारले बताउँनु भयो ।

रोजगार मेलामा ५० वटा रोजगार परामर्श केन्द्र र तालिम प्रदायक संस्थाहरुको स्टल राखिएको छ । करिब ५ हजार युवाहरुले रोजगाार मेला अवलोकन गर्ने अनुमान छ । रोजगार मेलामा नै करिब ५ सय युवाहरुले तत्काल स्थानीय उद्योगहरुमा रोजगार समेत पाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com