पूर्वप्रेम जोडी दीपिका र रणवीर जव अंगालोमा देखिए !



प्रकाशित मिति : Mar 20, 2019

मुम्बई । बलिउड पूर्व प्रेम जोडी दीपिका पादुकोण र रणवीर कपूर कुनै समय गहिरो प्रेम सम्वन्धमा रहेका थिए । बिस्तारै यी दुईबिच आपसी असमझदारी बढ्दै गयो र यस्तोसम्म स्थितीमा पुगेकि कार्यक्रमहरुमा एक अर्कालाई देख्न सम्म रुचाउन छाडे ।

रणवीरसँग ब्रेकअप भएपछि दीपिका केहि समय डिप्रेसनमा समेत रहिन् त्यसको केहि समयपछि उनी अभिनेता रणवीर सिंहसँग मन साट्न पुगिन् । रणवीर सिंहसँगको प्रेमलाई सफल बनाउँदै केहि समय अघि दीपिकाले विवाह गरिन् भने रणवीर कपुर दीपिकासँग प्रेममै रहँदा कट्रिनातिर आकर्षित थिए र विस्तारै उनीसँगै प्रेममा बाँधिए ।

कट्रिनासँग अलग्गिएर यतिखेर आलिया भट्सँग डेट गरिरहेका रणवीर र विवाहित दीपिका हालै एक कार्यक्रमका बिच नजिकिएका देखिए । । दीपिका पादुकोण र रणवीर कपूरलाई एक विज्ञापनको लागि अफर गरिएको थियो ।

विज्ञापनको छायाँकंन सकेर सेटबाट फर्कने क्रममा दीपिका र रणवीरले एकअर्कालाई नजिकका साथीहरुझैं अँगालो हाल्दै गुडबाई किस गरेका थिए तस्बिरहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com