न्युजिल्याण्डको क्राइस्टचर्च गोलीकाण्डमा मारिएहरुको अन्तिम संस्कार गरिँदै



प्रकाशित मिति : Mar 20, 2019

काठमाडौं । न्युजिल्याण्डको क्राइस्टचर्च गोलीकाण्डमा मारिएहरुको अन्तिम संस्कार शुरु भएको छ ।

एक बन्दुधकारीले शुक्रबार क्राइस्टचर्चका दुई वटा मस्जिदमा आक्रमण गर्दा ५० जनाको मृत्यु भएको थियो । आक्रमणमा ज्यान गुमाएकाको पहिलो औपचारिक अन्त्येष्टी प्रक्रिया शुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अन्तिम संस्कार प्रक्रियामा पीडितका परिवारलाई सहयोग गर्नका लागि विभिन्न क्षेत्रबाट मानिसहरु क्राइस्टचर्चमा जम्मा भएका छन् ।

इस्लामिक संस्कार अनुसार मृतकको शव जति सक्दो चाँडो चिहानमा गाडिने भएपनि पीडितको पहिचानको प्रक्रिया लामो हुँदा अन्तिम संस्कारमा ढिलाई भएको हो ।

श्वेत श्रेष्ठतावादी विचार बोक्ने अस्ट्रेलियाका २८ वर्षे बे्रन्टन ट्यारेन्टले क्राइस्टचर्चका दुई मस्जिदमा आक्रमण गरेका थिए । सो आक्रमणमा ४० जना भन्दा बढि घाइते भएका छन् । ट्यारेन्ट पक्राउ परेका छन् । अदालतको आदेशपछि उनी प्रहरी हिरासतमा छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com