इन्डोनेसियामा बढी र पहिरो : ९० को मृत्यु, कैयौँ बेपत्ता



प्रकाशित मिति : Mar 19, 2019

जाकार्ता । शनिबारबाट आएको बाढी र पहिरोका कारण इन्डोनेसियाको पपुआ प्रान्तमा मृत्यु हुनेको सङ्ख्या ९० पुगेको छ ।

यो प्रन्तको जयापुरा जिल्लामा गएको शनिबार साँझदेखि नै बाढी र पहिरोको प्रकोप जारी छ ।

जयपुरा जिल्लामा करिब एक हप्तादेखि जारी रहेको यस प्रकोपमा १५९ व्यक्ति घाइते भएका र घाइते मध्ये पनि ८४ व्यक्तिको अवस्था गम्भीर रहेको प्रकोप व्यवस्थापन निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले बताएका छन् । बाढीमा परी कैयौँ बेपत्ता भएको बताईएकोले मृतकको मृतकको सङ्ख्या अझै बढ्नसक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

बाढी र पहिरो प्रभावित भएका ६ हजार ८३१ व्यक्तिलाई पाँच ओटा शरणार्थी स्थलमा स्थानान्तरण गरिएको बताइएको छ । बाढीले ३ सय ५० भवन, तीन पुल, आठ विद्यालय भवन र आठ ओटा धार्मिक स्थल साथै सडकसमेत ध्वस्त पारेको छ ।

इन्डोनेसियको सरकारी संयन्त्रमार्फत बाढीमा फसेका नागरिकहरुको उद्धारकार्य जारी रहेको बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com