‘इडाई’ नामको आँधीले मोजाम्बिकमा हजारभन्दा बढीको ज्यान गएको आशङका



प्रकाशित मिति : Mar 19, 2019

बेयरा । मोजाम्बिकमा आएको आएको ‘इडाई’ नामको सामूद्रिक आँधीले गर्दा यो सातामै एक हजार भन्दा बढीको ज्यान गएको आशङका गरिएको छ ।

छिमेकी मुलुक जिम्बावेसँगको सीमा क्षेत्रमा सयौँको सङ्ल्यामा मृत्यु भएको मोजाम्बिक नागरिकको शव भेटिएको स्थानीय अधिकारीहरुले जनाएका छन् । त्यस्तै दुईसय बढी नागरिकहरु वेपत्ता भएको मोजाम्बिक राष्ट्रपति फिलिपे नुसीले उक्त जानकारी दिनु भएको छ ।

आधिकारीक रुपमा ८४ जनाको मात्र मृत्यु भएको पुष्टि भएको भए तापनि आँधी प्रभावित क्षेत्रको निरीक्षण गर्दा यस प्रकोपमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ हजार भन्दा बढी भएको मोजाम्बियाली राष्ट्रपति फिलिपे नुसीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन गर्नेक्रममा बताउनुभएको छ ।

इडाइ नामक आँधीले यहाँको बेयरामा भन्ने ठाउँमा आँधीकै कारण ९० प्रतिशत घरहरू ध्वस्त भएका छन् । यो आँधी प्रतिघण्टा १७७ किलोमिटरको वेगमा आएको आएको थियो । आँधीले कयौँ घरहरु बगाएका छन् । प्रभावित क्षेत्रमा पाँच लाख मानिस बसोवास गर्ने बसोबास गर्दै गरिरहेका छन् । आँधीले क्षति पुर्याएका घरहरु कुनै पनि नभेटिएको बीबीसीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com