जेल जानबाट यसरी बचाए मुकेश अम्वानीले भाइ अनिललाई



प्रकाशित मिति : Mar 19, 2019

भारतीय धनाढ्य मुकेश अम्वानीले आफ्ना भाइ अनिल अम्वानीलाई जेल जानबाट बचाएका छन्। स्विडिस कम्पनी एरिक्सनले भुक्तानी बापतको रकम ७.७ करोड डलर समयमा नपाउँदा अनिल जेल जाने स्थितिमा थिए ।

सोमवार अदालतमा अनिलले मुश्किलको घडिमा दाजु मुकेश तथा भाउजु निताले बचाएको बताएका छन् । उनले भनेका छन्,’ कठिन समयमा मलाई परिवारको साथ प्राप्त भयो। यसले हाम्रो परिवारको आदर्शलाई देखाउँछ। जुन समय मलाई परिवारको सवैभन्दा बढी सहयोग आवश्यक थियो मेरो परिवार म सँगै खडा भयो।’यस अघि अनिलले अदालतका आदेशका कारण ऋण भुक्तान गर्न सकेका थिएनन्। यस पटक अदालतको मानहानीका कारण जेल जाने स्थिति आएको थियो।

पिता धीरुभाई अम्बानीको मृत्युपछि मुकेश र अनिल अम्बानीर्ले खानदानी ब्यापार ब्यवसायको सम्हाल्ने जिम्मा पाएका थिए । पिता धिरुभाईको मृत्यु पछि दुवै भाइ मिलेर कारोवार सम्हालिरहेका थिए । तर एक दशकअघि यी दाजुभाई बिच फाटो आएको थियो ।

मुकेश अम्बानी संसारका धनी उद्योगपतिमध्येका एक हुन् । फाइनान्सियल टाइम्सका अनुसार मुकेश अम्बानी कूल ४२ अर्ब डलरका मालिक हुन् । कुनै समय मुकेश र अनिल दाजुभाई ब्यापारमा प्रतिस्पर्धी रहेका थिए यसै बिच सन् २००८मा अनिल अम्बानी संसारका आठौं धनीमा समेत पर्न सफल रहेका थिए ।

आपतको समयमा मुकेशले जोगाएपनि भाइ अनिलको कम्पनी ‘रिलायन्स’ तहसनहस हुनुमा दाई मुकेशकै नयाँ कम्पनी ‘जियो’ रहेको भारतीय अर्थविदहरुको ठम्याई छ । कारण ‘जियो’ले भारतभरी ‘रिलायन्स’ भन्दा सस्तोमा इन्टरनेट सेवा प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com