भीरबाट लडेर गुल्मीमा एक महिलाको मृत्यु



प्रकाशित मिति : Mar 19, 2019

ताम्घास । गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । गुल्मी राजापानीकी ४१ बर्षीय शान्ति परियारको लडेर मृत्यु भएको हो ।

उनी सोमबार बिहान बासखर्कबाट राजापानी घरतर्फ फर्कँदै गर्दा जिल्लाको छत्रकोट गाउँपालिका–३ मा रहेको भीरबाट लडेर गम्भर घाईते भएकी थिईन् ।

गम्भीर घाईते भएकी उनको श्रङ्गा प्राथमिक स्वास्थ केन्द्रमा उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com