छुट्टै सडक सुरक्षा परिषद् गठन गरिन्छ : यातायातमन्त्री महासेठ



प्रकाशित मिति : Mar 19, 2019

काठमाडौं । सरकारले सडक सुरक्षा परिषद् गठन गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बताएका छन् । मंगलबार ललितपुरमा आयोजित सडक सुरक्षासम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री महासेठले सडक सुरक्षाको उचित व्यवस्था गर्नका लागि छुट्टै सडक सुरक्षा परिषद गठन गरिने बताएका हुन् ।

सडकलाई सुरक्षित बनाउन सोसम्बन्धि आवश्यक कानुन बनाउने कामलाई पनि अघि बढाइएको बताउँदै दुर्घटना न्यूनिकरणका लागि सरोकारवाला निकायहरुलाई सचेतसमेत गराइएको उनले बताएका छन् । मन्त्री महासेठले सरकारले सडकको सुरक्षाका लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आईरहेको पनि स्मरण गराए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com