बर्ड फ्लुको हल्ला भ्याक्सिन निर्माता कम्पनीहरुको काम हो : गुणचन्द्र विष्ट (भिडियाे)



प्रकाशित मिति : Mar 18, 2019

काठमाडाैं । नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले कुखुरा व्यवसायीहरुलाई निरन्तर मारमा पार्ने काम भइरहेको गुनासो गर्नु भएको छ ।

उहाँले कुखुरामा हुने वर्ड फ्लु यथार्थ भन्दा पनि भ्याक्सिन निर्माता कम्पनीहरुले चलाउने हल्ला भएको दावी पनि गर्नु भएको छ । न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति इस्युज अफ द डे आइओडीमा टिभी जर्नलिष्ट स्मृति मल्लसंग कुरा गर्दै अध्यक्ष विष्टले वर्ड फ्लु कुखुरामा हुँदैमा मानिसमा नसर्ने सम्मको जिकिर पनि गर्नु भएको छ ।

उहाँले बर्ड फ्लु नियन्त्रण आदेश २०६४ घोषणा त गरियो तर अझैसम्म कुनै काम नहुनु दुःखद भएको बताउँदै पशुपंक्षी विभागले अहिलेसम्म यसबारे गम्भीर भएर नहेर्नु पनि अर्को बिडम्बना भएको उल्लेख गर्नु भयो । अध्यक्ष विष्टसंगको कुराकानी विस्तृतमा


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com