छातीमा दुखाइ भएपछि सांसद नविना लामा अस्पताल भर्ना



प्रकाशित मिति : Mar 18, 2019

काठमाडौं । अनेरास्ववियु अध्यक्ष तथा संघीय संसद प्रतिनिधिसभा सदस्य नवीना लामा अस्पताल भर्ना भएकी छन् । छातीमा दुखाइ भएपछि उनी साेमबार (अाज) साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी हुन् ।

उपचारमा संलग्‍न चिकित्सक डा जेपी जैसवालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नियमीत स्वास्थ्य जाँचका निम्ती सोमबार अस्पताल गएकी लामालाई डाक्टरले एकदिन अस्पतालमै आराम सुझाव दिए पछि मंगलबार डिस्चार्ज गरिइने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com